ई–आर्थिक, काठमाडौं। नेपाल पुनर्बीमा कम्पनीले प्राथमिक शेयर निश्कासनको स्वीकृत पाएको छ।
नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट फागुन ४ गते स्वीकृति पाएसँगै कम्पनीले १ करोड ६० लाख कित्ता अर्थात १ अर्ब ६० करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न लागेको हो।
आइपीओ निष्कासनका लागि कम्पनीको शेयर बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैकिंङ लिमिटेड रहेको छ । कम्पनीले जारी गर्न लागेको आईपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ग्रेड २ रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको आधारभूत पक्ष औसतभन्दा माथि रहेको देखाउँछ ।
हाल यस कम्पनीको चुक्ता पुँजी ८ अर्ब ४० करोड रुपैयाँ रहेको छ । आइपीओ बिक्रीपछि पुँजी १० अर्ब रुपैयाँ पुग्नेछ ।
भदौ २२ गते बोर्डमा निवेदन दर्ता गरेको यस कम्पनीले प्रति शेयर रू. १०० दरको रू. एक अर्ब ६० करोड बराबरको १ करोड ६० लाख कित्ता आईपीओ निष्कासन गर्न अनुमति मागेको थियो ।