२०८३ साउन ९ शनिबार

दोहा बैंकले मेगा बैंकलाई २ अर्ब व्यवसायिक ऋण दिने, ऋण लिने दिने सम्बन्धि दुबै बैंकबीच संझौता

ई आर्थिक    आइतबार, फाल्गुन ४ २०७६
4.6K
Shares
दोहा बैंकले मेगा बैंकलाई २ अर्ब व्यवसायिक ऋण दिने, ऋण लिने दिने सम्बन्धि दुबै बैंकबीच संझौता

ई–आर्थिक, काठमाडौं । मेगा बैंकले कतारको दोहा बैंकबाट २ अर्ब रुपैंया भन्दा बढी व्यवसायिक ऋण लिने भएको छ । मेगा बैंकले दोहा बैंकबाट २ करोड अमेरिकी डलर (करिब २ अर्ब २५ करोड रुपैंयाँ भित्र्याउन सम्बन्धमा संझौता समेत भएको छ ।

उक्त संझौतामा मेगा बैंककी सिइओ अनुपमा खुञ्जेली र दोहा बैंकका नेपालस्थित कार्यालयका प्रमुख सुरजविक्रम शाहीबीच आईतबार यससम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । दोहा बैंकले नेपालको बैंकमा लगानी गरेको यो पहिलोपटक हो ।

नेपाल राष्ट्र बैंकको स्वीकृति लगत्तै मेगा बैंकले यो रकम नेपालमा भित्राउनेछ । कुल प्राथमिक पूँजीको शतप्रतिशत रकम विदेशबाट व्यवसायिक ऋण ल्याएर नेपालमा लगानी गर्न पाइने नेपाल राष्ट्र बैंकको व्यवस्था मेगा बैंकले दोहा बैंकबाट रकम ल्याउने प्रक्रिया थालेको थियो ।

नेपालको बैंकिङ प्रणालीमा देखिएको लगानी योग्यपुँजी (तरलता) अभावको समस्यालाई समेत मध्यनजर राख्दै दोहा बैंकबाट रकम भित्राउन लागेको मेगा बैंकले जनाएको छ । यो सँगै बजारमा तरलताको अभाव अन्त्य भई सरल रुपमा कर्जा प्रवाह हुने र व्यवसायिक लगानीकर्ताहरुलाई राहत मिल्न बैंकले बताएको छ ।

मेगा बैंकले देशभर १११ शाखा, २९ वटा एक्सटेन्सन काउन्टर, ११४ वटा एटिएम सञ्जाल, ७९ वटा शाखारहित बैंकिङ्ग केन्द्रहरु र २५ सय भन्दा बढी मेगा रेमिट एजेण्ट मार्फत सेवा दिइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij