२०८३ साउन ९ शनिबार

एभरेष्ट बैंकद्वारा निर्मित अपाङ्गमैत्री सार्वजनिक शौचालय हस्तान्तरण

ई आर्थिक    शुक्रबार, फाल्गुन २ २०७६
7.4K
Shares
एभरेष्ट बैंकद्वारा निर्मित अपाङ्गमैत्री सार्वजनिक शौचालय हस्तान्तरण

ई–आर्थिक, काठमाडौं : एभरेष्ट बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विभिन्न कार्यक्रमहरु गर्दै आईरहेको छ । यसै शिलशिलामा भ्रमण वर्ष २०२० लाई सहयोग पु¥याउने उद्देश्य अनुरुप नयाँ बानेश्वर स्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको पश्चिम तर्फ छक्कुबक्कु मन्दिर नजिकै अपाङ्गमैत्री सार्वजनिक शौचालय निर्माण सम्पन्न गरी काठमाडौं महानगरपालिका वडा नं. १० लाई हस्तान्तरण गरेको छ ।

उक्त शौचालयको साथसाथै सो स्थानमा अवस्थित पार्क तथा चौतारी संरक्षणमा समेत यस बैंकले सहयोग गरेको छ । उक्त कार्यबाट स्थानीय साथसाथै आम नागरिकलाई सुविधा पुग्ने विश्वास बैंकले लिएको छ । बैंकले यसै वर्ष विभिन्न स्थानमा गरी १४ वटा शौचालय निर्माण गरिसकेको छ ।

उक्त सार्वजनिक शौचालय, बैंकले आफ्ना अधिकारीहरु, काठमाडौं महानगरपालिका अधिकारीहरु तथा का.म.पा वडा नं. १० का सदस्यहरु तथा सर्वसाधरणहरुको उपस्थितमा बैँकको सीएसआर कमिटीका सदस्य डा.गणेश गुरुङ, बैंकको सहायक महाप्रबन्धक श्री आशुतोष शर्माले संयुक्त रुपमा, काठमाडौं महानगरपालिका वडा नं.१० का अध्यक्ष श्री राम कुमार केसीलाई हस्तान्तरण गर्नुभयो ।

एभरेष्ट बैंक, हालै बेष्ट म्यानेज कमर्सियल बैंक २०१९ बाट सम्मानित हुनुका साथै क्यामेल रेटिङ्ग अन्तर्गत बेष्ट कमर्सियल बैंक बन्न सफल भएको छ । बैंकले ९५ स्थानिय शाखा, ३ एक्सटेन्शन काउन्टर, ३० राजस्व संकलन काउन्टर, १२२ एटिएमबाट मजबुत सेवा प्रदान गदै आईरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij