२०८३ भाद्र ३० मंगलबार

प्रभु बैंक र एन प्याब्सनका विच बैंकिङ्ग कारोबार गर्न सम्झौता

ई आर्थिक    बिहिबार, फाल्गुन १ २०७६
8K
Shares
प्रभु बैंक र एन प्याब्सनका विच बैंकिङ्ग कारोबार गर्न सम्झौता

ई–आर्थिक, काठमाडौं । प्रभु बैंक र एन प्याब्सनका विच बैंकिङ्ग कारोबार प्रभु बैंक मार्पmत गर्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । प्रभु बैंक लिमिटेडको प्रधान कार्यालय बबरमहल काठमाडौंमा एक समारोहका विच सम्पन्न उक्त सम्झौतामा प्रभु बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र एन प्याब्सनका तर्फबाट अध्यक्ष विष्णु पराजुलीले हस्ताक्षर गरे ।

प्रभु बैंक र एन प्याब्सनसँगको सम्पन्न सम्झौता बमोजिम एनप्याब्सनको आधिकारिक बैंक प्रभु बैंक लिमिटेड हुनेछ । एन प्याब्सनले आप्mनो सम्पूर्ण आर्थिक कारोबार प्रभु बैंक मार्पmत् गर्नेछ भने एनप्याब्सन अन्तर्गत सदस्यता ग्रहण गरेका निजी क्षेत्रका विद्यालयहरुले पनि आफुलाई पायक पर्ने प्रभु बैंक लि. को जुनसुकै शाखा कार्यालयमा खाता खोली विद्यार्थीहरुबाट संकलन गर्ने शैक्षिक शुल्क बैंक मार्पmत् नै संकलन गर्न लगायत सम्पूर्ण आर्थिक कारोबार प्रभु बैंक मार्पmत् गर्न सक्नेछन् ।

उक्त विद्यालयहरुमा कार्यरत शिक्षक तथा अन्य कर्मचारीहरुको तलबी खाता पनि प्रभु बैंकमै खोली सम्पूर्ण शिक्षक तथा कर्मचारहिरुले बैंक मार्पmत नै तलब भुक्तानी लिन सक्नेछन् । एन प्याब्सन अन्तर्गत सदस्यता लिएका निजी विद्यालयहरुमा कार्यरत शिक्षक विद्यार्थि, कर्मचारी तथा सम्बन्धित अभिभावकहरुलाई एकीकृत वित्तीय सेवा जस्तैः नेपाल धितो पत्र बोर्डमा सुचिकृत कम्पनीहरुको आईपिओ, एफपिओ, डिबेञ्चर लगायतको सूचना उपलब्ध हुनुका साथै शेयर कारोबार प्रयोजनका लागि आवश्यक पर्ने डिम्याट खाता खोल्ने सुविधा समेत उपलब्ध हुनेछ । एन प्याब्सनले आयोजना गर्ने संस्थागत वार्षिक कार्यक्रम लगायत जुनसुकै कार्यक्रमहरुमा आधिकारिक बैंकको रुपमा प्रभु बैंकको नाम उल्लेख गर्नेछ ।

त्यसैगरी प्रभु बैंक र एन प्याब्सनका विच सम्पन्न यस सम्झौता बमोजिम एन प्याब्सन अन्र्तगत सदस्य रहेको निजी क्षेत्रका विद्यालयहरु, उक्त विद्यालयमा कार्यरत शिक्षक, विद्यार्थी, कर्मचारीहरु लगायत अभिभावकहरुले प्रभु बैंक लि. को गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सञ्जालमा सहभागी भई अधिकतम् लाभ उठाउनु हुनेछ भन्ने बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij