२०८३ भाद्र ३० मंगलबार

हिमालयन बैंकका सेयरधनीले २२ प्रतिशत लाभांश पाउने, साधारणसभाले ग¥यो पारित

ई आर्थिक    बुधबार, माघ २९ २०७६
8.6K
Shares
हिमालयन बैंकका सेयरधनीले २२ प्रतिशत लाभांश पाउने, साधारणसभाले ग¥यो पारित

ई–आर्थिक, काठमाडौं । हिमालयन बैंकको २७ औं वार्षिक साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरेको २२ प्रतिशत लाभांशलाई पारित गरेको छ । बैंकको बुधबार काठमाडौंमा बसेको वार्षिक साधारण सभाले १० प्रतिशत बोनस शेयर र कर प्रयोजन सहित १२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गरेको हो ।

लाभांश पारित भएसँगै बैंकको चुक्ता पूँजी ९ अर्ब ३७ करोड रुपैयाँ नाघेको छ । साधारणसभाले संस्थापक शेयरधनीको तर्फबाट सञ्चालक समितिमा पाँच जनालाई निर्विरोध निर्वाचित गरेको छ ।

आगामी कार्याकालका साधारण सभाले सञ्चालक समितिमा आशिष शर्मा, प्रचण्डबहादुर श्रेष्ठ, सुनिलबहादुर थापा, फैसल लालानी र तुलसीप्रसाद गौतमलाई संस्थापक सञ्चालकमा निर्विरोध चयन गरेको हो ।
जसमध्ये लालानी पाकिस्तानको हबिव बैंक र गौतम कर्मचारी सञ्चय कोषको तर्फबाट सञ्चालक बनेका हुन् । त्यस्तै बैंकले अधिकृत पूँजीपनि १० अर्ब रुपैयाँबाट वृद्धि गरी १२ अर्ब रुपैयाँ कायम गर्ने विशेष प्रस्तावलाई समेत पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij