२०८३ भाद्र ३० मंगलबार

राष्ट्रिय बाणिज्य बैंकको नाफा २ अर्ब २० करोडमा झ¥यो

ई आर्थिक    बुधबार, माघ २९ २०७६
7.4K
Shares
राष्ट्रिय बाणिज्य बैंकको नाफा २ अर्ब २० करोडमा झ¥यो

ई–आर्थिक, काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकको नाफा घटेको छ । चालु आर्थिक वर्षको पुुससम्ममा गत आवको पुससम्ममा २ अर्व ४० करोड रुपैयाँ खुद नाफा गरेको बैंकले चालु आबको पुससम्ममा ८.३१ प्रतिशत घटेर २ अर्व २० करोडमा सीमित भएको छ ।

बैंकको संचालन खर्चका साथै खराव कर्जा समेत बृद्धि भएपछि नाफामा असर गरेको हो । चालु आवको पुुससम्म बैंकले सर्वसाधारणबाट १ खर्व ९४ अर्व ९० करोड निक्षेप संकलन गरी १ खर्व ४७ अर्व ८९ करोड कर्जा लगानी गरेको छ । गत आवको यसै अवधिमा बैंकको निक्षेप १ खर्व ८९ अर्व २५ करोड र लगानी १ खर्व ४२ अर्व रहेको थियो ।

बैंकको खराब ऋण ३.४ प्रतिशतबाट ४.७७ प्रतिशत पुगेको छ । आधार व्याजदर ६.६ प्रतिशत राखेको बैंकको स्प्रेडदर भने ४.७८ प्रतिशतबाट बढेर ५.५३ प्रतिशत पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij