ई–आर्थिक, काठमाडौं। स्टान्डर्ड चार्टर्ड बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । यस अवधिसम्म आइपुग्दा बैंकले १ अर्ब २२ करोड ६९ लाख १३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको भन्दा ७.१२ प्रतिशतले बढी हो ।
गत वर्ष यसैअवधिमा बैंकले १ अर्ब १४ करोड ५३ लाख ४६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा बैंकको वितरण योग्य नाफा १ अर्ब ३ करोड रुपैयाँ रहेको छ । बैंकको खुद ब्याज आम्दानी ११.२१ प्रतिशत र सञ्चालन नाफा ७.१२ प्रतिशत बढेको छ ।
निक्षेप संकलन र कर्जा लगानी पनि क्रमशः २२.०६ प्रतिशत र ६.५२ प्रतिशतले बढेको छ । तर, बैंकको खराब कर्जा भने ०.३ प्रतिशतले घटेको छ ।
हाल यसको चुक्ता पुँजी ८ अर्ब १ करोड १४ लाख रुपैयाँ रहेको छ । यस्तै बैंकको रिजर्भ कोषमा ५ अर्ब ९ करोड ९० लाख रुपैयाँ छ । प्रतिसेयर आम्दानी २ रुपैयाँ ४ पैसाले बढेर ३० रुपैयाँ ६३ पैसा पुगेको यस बैंकको प्रतिसेयर नेटवर्थ भने १७९ रुपैयाँ ०३ पैसा छ ।