ई–आर्थिक, काठमाडौं। बैंक अफ काठमाण्डूले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ ।
यस अवधिमा बैंकले १४ करोडले नाफा बढाएर ८८ करोड ३८ लाख १६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको भन्दा १९।८३ प्रतिशतले बढी हो ।गत आवका्े यसै अवधिमा बैंकले ७३ करोड ७५ लाख खुद नाफा आर्जन गरेको थियो।
खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुबै बढेकाले खुद नाफा बढ्न सहयोग पुगेको हो । खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमशः ९.२५ प्रतिशत र २०.३२ प्रतिशतले बढेको छ । यो अवधिमा बैंकको खुद ब्याज आम्दानी १६ करोड रुपैयाँले बढे्को छ । गत आवको यसै अवधीमा बैंकले १ अर्ब ७६ करोड खुद ब्याज आम्दानी गरेको थियो भने समीक्षा अवधीमा १ अर्ब ९३ करोड रुपैयाँ बराबरको ब्याज आम्दानी गरेको छ । त्यस्तै, बैंकको सञ्चालन मुनाफा २१ करोड २८ लाखले बढे्र १ अर्ब २६ करोड १५ लाख रुपैयाँ पुगेको छ ।
यो अवधीमा बैंकले ८९ अर्ब २० करोड बराबरको निक्षेप संकलन गरेको छ भने ७६ अर्ब ८९ करोड बराबरको कर्जा प्रवाह गरेका छ । साथै, बैंकको खराब कर्जा पनि ०.५४% ले घटेको छ । प्रतिसेयर आम्दानी वार्षिक २० रुपैयाँ ६८ पैसा रहेको यसको प्रतिसेयर नेटवर्थ १५९ रुपैयाँ ८५ पैसा छ ।