२०८३ साउन ९ शनिबार

एन आई सी एशिया बैंकले भ्यालेन्टाइन डेमा मोवाइल बैंक प्रयोगकर्तालाई सोल्टीमा निःशुल्क डिनर गराउने

ई आर्थिक    मंगलबार, माघ २८ २०७६
6.3K
Shares
एन आई सी एशिया बैंकले भ्यालेन्टाइन डेमा मोवाइल बैंक प्रयोगकर्तालाई सोल्टीमा निःशुल्क डिनर गराउने

ई–आर्थिक, काठमाडौं । एन आई सी बैंकले भ्यालेन्टाइन डे लक्षित गरी बैंकको मोबाइल बैंकिङ्ग एप मोब्यांक मार्फत कारोबार गर्ने ग्राहक महानुभावहरुलाई पाँचतारे होटल सोल्टी क्राउन प्लाजामा भ्यालेन्टाइन डे को दिन निःशुल्क डिनरको अफर ल्याएको छ । यस अफर अन्तर्गत ११ फेब्रुअरी देखि १३ फेब्रुअरी अर्थात माघ २८, २९ र ३० गते सम्म एन आई सी एशिया बैंकको मोबाईल बैंकिङ्ग एपमार्फत कारोबार गर्ने २० भाग्यमानी ग्राहक महानुभावहरुले आफ्नो प्रेमी–प्रेमीका तथा जीवन साथीसँगै सोल्टीमा विशेष डिनर गर्न पाउनेछन् ।

बैंकको मोबाईल बैंकिङ्ग एपमार्फत कुनै पनि भुक्तानी जस्तै क्यूआर पेमेन्ट बिजुली बिल भुक्तानी, मोबाइल टपअप लगायतका सेवाहरुमा जतिसुकै रकमको कारोबार गर्ने २० जना भाग्यमानी ग्राहक महानुभावलाई भ्यालेन्टाइन डे कै दिन डिनरको कुपन प्रदान गर्ने भएको छ । तर यसमा इसेवा लोड, खल्ती लोड, क्रेडिट कार्ड पेमेन्ट र रकम ट्रान्सफरलाई भने बैंकले मान्यता नदिने जानकारी दिएको छ ।

यसको नतिजा बैंकले आफ्नोे फेसबुक पेज तथा जित्नुहुने ग्राहक महानुभावहरुलाई फोनमार्फत जानकारी दिनेछ । डिनर जित्नुहुने ग्राहक महानुभावले आफ्नो कुपनसहित भ्यालेन्टाइन डे को दिन अर्थात फेब्रुअरी १४ मा सोल्टी क्राउन प्लाजा होटलमा भब्य डिनर गर्न पाउने बैंकले जानकारी दिएको छ ।

बैंकले यो विशेष योजनाले नेपाल सरकारको ‘डिजिटल नेपाल’ को लक्ष्यलाई टेवा पु¥याउने विश्वास लिएको छ । यस्ता अफरहरुले आमजनमानसलाई डिजिटल बैंकिङ्ग प्रती लालायीत गर्ने र नगद भन्दा डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने विश्वास बैंकको रहेको छ ।

बैंकले यस्ता थुप्रै अन्य योजनाहरु ल्याइसकेको छ भने भविष्यमा पनि यस्ता कार्यलाई निरन्तरता दिने जानकारी गराएको छ । साथै बैंकले आफ्ना ग्राहक महानुभावहरुलाई विभिन्न क्यास ब्याक अफर नियमित रुपमा दिइरहेको छ । यस बैंकको मोब्यांक मार्फत एनटीसी÷एनसेल टप अप गर्दा ३ प्रतिशत क्यास ब्याक तथा हरेक बुधबार दराज डट कमबाट सामान खरिद गर्दा १० प्रतिशत वा रु. ५०० सम्मको क्यास ब्याक हरेक शुक्रबार ह्याप्पी आवरमा एपमार्फत भुक्तानी गर्दा अधिकतम रु. १०० सम्म क्यास ब्याक र सामसुङ्ग ग्यालेक्सी एस टेन प्लस तथा नोट टेन प्लस खरिद गर्दा अधिकतम रु. ३,००० सम्मको छुट दिने व्यवस्था बैंकले ल्याएको छ ।

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर ३१३ शाखा कार्यालयहरु, ४४२ एटिएम, १०८ वटा एक्स्टेन्सन काउण्टर एवं ५१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको बैंकले जानकारी दिएको छ । करिब २१ लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् ।

उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले गत आर्थिक वर्षमा प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब ३ अर्ब १५ करोड रुपैयाँ भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरुमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरुमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij