२०८३ भाद्र २८ आइतबार

प्राईम लाईफ र एभरेष्ट इन्स्योरेन्सको संयुुुक्त घुम्ति बीमा सेवा

ई आर्थिक    सोमबार, माघ २७ २०७६
10K
Shares
प्राईम लाईफ र एभरेष्ट इन्स्योरेन्सको संयुुुक्त घुम्ति बीमा सेवा

ई–आर्थिक, काठमाडौं। प्राइम लाइफ इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सले संयुुुक्त रुपमा घुम्ती बीमा सेवा संचालन गरेका छन् ।

बीमा समितिद्घारा जारी शाखारहित घुम्ती बीमा सेवा सम्बन्धि मार्गदर्शन–२०७६ मा व्यवस्था भए बमोजिम ग्राहकहरुलाई घरदैलोमा नै बीमा सेवा प्रदानगर्ने उदेश्यले उक्त सेवा आरम्भ गरेको कम्पनीले जनाएको छ ।

बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाँइले सो घुम्ती बीमा सेवाको शुभारम्भ गरे। सो अवसरमा अध्यक्ष चापागाँइले बीमालाइ आम जनतामाझ सरलरुपमा जानकारी गराई बीमा सेवा उपलब्धगराउन यसप्रकारका कार्यक्रमले सहयोग पुग्ने विश्वास ब्यक्त गरे ।

उक्त कार्यक्रममा एभरेष्ट इन्स्योरेन्सका कार्यकारी अधिकृत कमल गौतमले स्वगत मन्तव्य तथा प्राइम लाइफ इन्स्योरेन्सका कार्यकारी अधिकृत मनोज कुमार भट्टराईले जीवन बीमाको महत्ववारे आफ्नो धारण व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij