२०८३ साउन ११ सोमबार

राष्ट्रिय आयोजना बैङ्कको औपचारिक शुभारम्भ, आयोजना कार्यान्वयनमा कुशलता हासिल गर्न सहयोग पुग्ने विश्वास

ई आर्थिक    सोमबार, माघ २७ २०७६
6.3K
Shares
राष्ट्रिय आयोजना बैङ्कको औपचारिक शुभारम्भ, आयोजना कार्यान्वयनमा कुशलता हासिल गर्न सहयोग पुग्ने विश्वास

ई–आर्थिक, काठमाडौं । राष्ट्रिय आयोजना बैंकको आइतबार औपचारिक शुभारम्भ गरिएको छ । राष्ट्रिय विकास समस्या समाधान समितिको ४७ औं बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त बैङ्क व्यवस्थापन सूचना प्रणालीको शुभारम्भ गरेका हुन् ।

तथ्यपरक र मापदण्डमा आधारित आयोजना पहिचान, छनोट तथा मुल्यांकन प्रक्रिया तथा प्राथमिकीकरण गर्ने प्रणालीको विकास र अभ्यासका लागि आयोजना बैङ्कको अवधारणा अघि सारिएको योजना आयोगका सदस्य सुशील भट्टले जानकारी दिए । आयोजना बैङ्कको अवधारणा पत्र तयार भइसकेको पनि उनले जानकारी दिए ।

उनका अनुसार आयोजना बैङ्क सूचना प्रणालीको प्रारम्भिक सफ्टवेयरको विकास गरी चालू र भावी आयोजनाको विवरण प्रविष्ट गर्ने कामको समेत थालनी भइसकेको छ ।

आगामी दिनमा आयोजना बैङ्कमा प्रविष्ट भएका आयोजनाले मात्र बजेटमा प्रवेश पाउनेछन् । आयोजना व्यवस्थापनलाई थप प्रभावकारी बनाई आयोजना कार्यान्वयनमा कुशलता हासिल गर्न सहयोग पुग्ने आयोगको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij