२०८३ साउन ९ शनिबार

प्रभु बैंकको एक्स्टेन्सन काउण्टर यातायात ब्यबस्थापन कार्यलय बिराटनगरमा

ई आर्थिक    शुक्रबार, माघ २४ २०७६
9.8K
Shares
प्रभु बैंकको एक्स्टेन्सन काउण्टर यातायात ब्यबस्थापन कार्यलय बिराटनगरमा

ई–आर्थिक, काठमाडौं। प्रभु बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा मोरङ जिल्लाको बिराटनगरस्थित यातायात ब्यबस्थापन कार्यालयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ ।

उक्त काउण्टरको मिति २०७६ माघ २२ गते बिराटनगरका यातायात ब्यबस्था कार्यालयका प्रमुख यातायात अधिकृत रबिन कार्कीले एक समारोहका विच समुद्घाट्न गरे ।

नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरुको बैंकिङ कारोबार प्रभावकारी रुपमा सञ्चालन गरिरहेको प्रभु बैंकले यातायात ब्यबस्थापन कार्यलयम्ाा पनि आफ्नो सेवा विस्तार गर्न सफल भएको छ ।

प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट सम्बन्धित यातायात ब्यबस्थापन कार्यलयमा आउने सेवाग्राहीहरुलाई रकम जम्मा गर्न र यातायात ब्यबस्थापन कार्यलयको काम गर्न सहज र सरल हुने भएको छ ।

प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट प्रवाह गरिने बैंकिङ्ग सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीहरुले प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

प्रभु बैंकले २०८ वटा शाखा कार्यालय, १५७ वटा एटिएम, ४४ वटा एक्स्टेन्सन काउण्टर तथा १७ वटा शाखा रहित बैंकिङ्ग सेवा मार्पmत् अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij