ई–आर्थिक, काठमाडौं । प्रभु बैंकले एकैसाथ तीन शाखा सञ्चालनमा ल्याएको छ । बैंकले शाखा सञ्जाल सहित आप्mनो बैंकिङ्ग सेवा विस्तार गर्ने क्रममा कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नं. २, १३ र २६ मा एकैसाथ ३ वटा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको हो ।
पोखरा महानगरपालिकाको वडा नं. २ स्थित हरिचोक शाखा कार्यालयको बैंकका गण्डकी प्रदेश प्रमुख व्यवसाय अधिकृत शान्ति शेरचनले एक समारोहका विच उद्घाटन गरे । पोखरा महानगरपालिकाको वडा नं. १३ स्थित बाँझापाटन शाखा कार्यालयको पोखरा महानगरपालिका वडा नं. १३ का वडाध्यक्ष लेख बहादुर तामाङ्गज्यूले एक समारोहका बीच उद्घाटन गरेका थिए ।
त्यसैगरी पोखरा महानगरपालिका वडा नं. २६ स्थित अर्घौंचोक शाखा कार्यालयको लेखनाथ उद्योग वाणिज्य संघ पोखराका अध्यक्ष बलराम ढकालले एक समारोहका विच उद्घाट्न गर्नुभएको हो ।

पोखरा महानगरपालिकास्थित बैंकका शाखा कार्यालयहरु समुद्घाटन कार्यक्रममा विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरु, उद्योग वाणिज्य संंघका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय समाजसेवी, व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथीज्यूहरुले उद्घाटन मन्तव्य राख्ने क्रममा बैंकले पोखरा महानगरपालिका आप्mनो थप ३ वटा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएर बैंकिङ्ग पहुँच विस्तार गर्दै सेवाग्राहीहरुलाई अत्याधुनिक प्रविधि सहित गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्ध गराउन लागेकोमा प्रभु बैंकको प्रंशसा गर्दै बैंकिङ्ग कारोबारलाई अझै विस्तार गर्न हामी स्थानीय सेवाग्राहीहरुले हरेक आर्थिक कारोबार बैंकिङ्ग प्रणाली मार्पmत् गर्नुपर्ने समय आएको बताए ।
पोखरा महानगरपालिकाकामा सञ्चालनमा ल्याएका थप ३ वटा शाखा कार्यालयहरु पश्चात् अब प्रभु बैंकको शाखा कार्यालय संख्या २०८ पुगेको छ भने हालसम्म बैंकले १५७ वटा एटीएम, ४३ वटा एक्स्टेन्सन काउण्टरहरुको सञ्जाल सहित देशका विभिन्न १७ स्थानमा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याई सर्वसाधारणहरुलई अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ ।
हरिचोक शाखा कार्यालय, अर्घौंचोक शाखा कार्यालय र बाँझापाटन शाखा कार्यालयबाट स्थानीय सेवाग्राही, सर्वसाधारणहरु, फर्म, कम्पनी तथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेछन् र समग्र पोखरा महानगरपालिकको आर्थिक विकासमा टेवा पुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।