२०८३ साउन ११ सोमबार

बैंक अफ काठमाण्डूका ग्राहकहरुलाई सिद्धार्थ विजनेश ग्रुपको १० प्रतिशत छुट

ई आर्थिक    मंगलबार, माघ २१ २०७६
5.9K
Shares
बैंक अफ काठमाण्डूका ग्राहकहरुलाई सिद्धार्थ विजनेश ग्रुपको १० प्रतिशत छुट

ई–आर्थिक, काठमाडौं । बैंक अफ काठमाण्डूका ग्राहक महानुभावहरुलाई सिद्धार्थ विजनेश ग्रुप अफ हस्पिटालिटीको सिमित सेवा प्रयोग वापत १० प्रतिशतको छुट उपलब्ध गराउने सम्झौता भएको छ । बिओकेको मोबाईल बैंकिङ्ग र डेबिट तथा क्रेडिट कार्डको माद्यमबाट भुक्तानी गर्दा ग्राहक महानुभावहरुलाई छुट दिने संझौता भएको हो ।

उक्त सम्झौतामा बैंकका कार्ड विभाग प्रमुख अमर राजभण्डारी र सिद्धार्थ गु्रपका ब्यापार विभागका निर्देशक प्रभाकर खडकाले हस्ताक्षर गरे । यस सम्झौता पश्चात् सिद्धार्थ विजनेश ग्रुप अफ हस्पिटालिटीको ६ होटल, ३ रिसोट, ५ रेस्टुरेन्ट तथा ५ क्याफेहरुमा छुट उपलब्ध हुनेछ ।

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ८७ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij