ई–आर्थिक, काठमाडौं । बैंक अफ काठमाण्डूले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व नीति अन्र्तगत बालकोट, भक्तपुरको संजय साई विद्या मन्दिरलाई सहयोग स्वरुप ५ लाख रुपैयाँ उपलब्ध गराएको छ । विद्यालय हाता भित्र पुस्तकालय निर्माण गर्न उक्त रकम उपलब्ध गराएको बैंकले जानकारी दिएको छ ।
उक्त सहयोग रकम यस बैंकका अध्यक्ष प्रकाश श्रेष्ठले बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बिनोद थापालाई हस्तान्तरण गर्नुभएको थियो । २०६८ साल वैशाख १ गतेदेखि सञ्चालनमा रहेको उक्त विद्यालयले हालसम्म आफ्ना सबै विद्यार्थीहरुलाई निःशूल्क शिक्षा प्रदान गर्दै आईरहेको छ ।
बैंकले हाल ८७ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टर मार्फत आफ्ना ग्राहक महानुभावहरुलाई बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको पनि जानकारी दिएको छ ।