२०८३ साउन १२ मंगलबार

जागिरको प्रलाेभन देखाइ भारततर्फ लैजाँदै गरिएका दुई युवतीकाे उद्धार

ई आर्थिक    शुक्रबार, माघ १७ २०७६
8.2K
Shares
जागिरको प्रलाेभन देखाइ भारततर्फ लैजाँदै गरिएका दुई युवतीकाे उद्धार

ई–आर्थिक, झापा । वैदेशिक रोजगारको प्रलोभन देखाइ भारततर्फ लैजाँदै गरिएका दुई युवतीलाई पूर्वी नाका काँकडभिट्टाबाट नेपाल प्रहरीले उद्धार गरेको छ । साथै मानव बेचबिखनको अभियोगमा एक जनालाई पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा दोलखा तामाकोशी गाउँपालिका ४ घर भएका २१ वर्षीय सुदीपबाबु पोखरेल रहेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजेन्द्र पोखरेलले जानकारी दिए । सुदीपलाई मानव बेचबिखन तथा ओसारपसारको मुद्दा चलाइ अनुसन्धान भैरहेको उनले जानकारी दिए ।

अभियुक्त सुदीपले काभ्रेपलाञ्चोक घर भएका १६ र २२ वर्षीया युवतीलाई भारतमा २२ हजार रुपैयाँकाे जागिर लगाइ दिने प्रलोभन देखाइ लैजाँदा गरेको अवस्थामा बिहीबार काँकडभिट्टाबाट ‘साना हातहरु नेपाल’ नामक संस्था र प्रहरीले संयुक्तरुपमा उद्धार गरेका थिए ।

उद्धार गरिएका युवतीलाई सस्थाको संरक्षण गृहमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij