२०८३ साउन ११ सोमबार

कुमारी बैंकको पञ्चमुनिदेव माध्यमिक विद्मालयलाई सहयोग

ई आर्थिक    बिहिबार, माघ १६ २०७६
5.9K
Shares
कुमारी बैंकको पञ्चमुनिदेव माध्यमिक विद्मालयलाई सहयोग

ई–आर्थिक, काठमाडौं । कुमारी बैंक लिमिटेडको दुलेगौंडा शाखाले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पञ्चमुनिदेव माध्यमिक विद्मालयलाई सहयोग गरेको छ। बैंकले विद्मालयको स्वर्ण जयन्तीको अवसरमा २ थान मेडिकल बेड र १ थान स्ट्रेचर सहयोग गरेको हो ।

स्वर्ण जयन्ती समारोहमा बैंकका गण्डकी प्रदेश प्रमुख नविन राज पौडेलले विद्यालयका प्रधानाध्यापकलाई उक्त सामाग्री हस्तान्तरण गरेका थिए ।
प्रमुख अतिथि पूर्व राष्ट्रपति रामवरण यादवद्घारा उक्त अवसरमा कुमारी बैंकको संस्थागत सामाजिक उत्तरदायित्वको कदर गर्दै सम्मान स्वरूप कदर पत्र प्रदान गरेका थिए ।

विद्मालयले एक स्टाफ नर्स राखि प्राथमिक उपचार कक्ष संचालन गर्दै आएको यस विद्मालयमा मेडिकल सामाग्री आवश्यकतालाई मध्यनजर गर्दै बैंकले उक्त सहयोग गरेको हो ।

आफ्ना देशव्यापी १२० शाखा संजाल, ११७ एटिएम्, ६ एक्सटेन्सन काउन्टर तथा २० शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक सेवाहरु दिदँै आएको कुमारी बैंकले आगामी दिनमा संस्थागत सामाजिक उत्तरदायित्व अन्र्र्तगत स्वास्थ्य, शिक्षा, वातावरण लगायतका विभिन्न क्षेत्रमा यस्तै सेवामूलक तथा प्रभावकारी सेवा पु¥याउँदै जाने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij