ई–आर्थिक, काठमाडौं । राजधानी काठमाडौंको शान्तिनगरबाट ८ जना जुवाडे पक्राउ परेका छन् । शनिबार (आज) शान्तिनगरको ओमशान्ति चोकबाट ८७ हजार नगद रुपैयाँसहित ८ जना जुवाडे पक्राउ परेको प्रहरी वृत्त बानेश्वरले जानकारी दिएको छ ।
पक्राउ पर्नेमा हुण्डी कारोबारी जयराम कार्की पनि रहेको स्रोतले जनाएको छ । प्रहरीले पक्राउ परेका व्यक्तिहरुको नाम भने गोप्य राखेको छ । पक्राउ परेका सबै जुवाडेलाई बानेश्वर वृत्तमै राखिएको प्रहरीले जनाएको छ।