२०८३ साउन ९ शनिबार

कृषि विकास बैंकमा उल्लेख्य सुधार

ई आर्थिक    आइतबार, माघ ५ २०७६
7.7K
Shares
कृषि विकास बैंकमा उल्लेख्य सुधार

ई–आर्थिक, काठमाडौं । कृषि विकास बैंकले पछिल्लो एक वर्षमा वित्तीय सूचकहरुमा उल्लेख्य सुधार गरेको जनाएको छ । बैंकले ५३ औं वार्षिकोत्सवको अवसरमा आइतबार पत्रकार सम्मेलन आयोजना गरी अघिल्लो वर्षको पुष मसान्त यता निक्षेप, कर्जा तथा मुनाफामा सुधार गरेको जनाएको हो ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले विगतमा औषतमा १५ प्रतिशत लाभांश दिएकोमा गत वर्ष २१.०५ प्रतिशत र आर्थिक वर्ष २०७५/०७६को नाफाबाट यस वर्ष ३० प्रतिशत लाभांश दिन सफल भएको बताए । उनले अघिल्लो वर्षको पुष मसान्तमा १ खर्ब १० अर्ब रुपैयाँ निक्षेप रहेकोमा अहिले १५ दशमलव ४४ प्रतिशतले बढेर १ खर्ब २७ अर्ब पुगेको बताए ।

कर्जा तथा लगानी पनि १० दशमलव २३ प्रतिशतले बढेर १ खर्ब १७ अर्ब पुगेको बताए । त्यस्तै उनले आगामी सात वर्षका लागि १० दशमलव ३५ प्रतिशत ब्याजदरमा प्रति ऋणपत्र १ हजार अंकित मूल्यमा २५ लाख कित्ताले हुने २ अर्ब ५० करोड रुपैयाँ बराबरको ‘एडिबिएल–कृषि बैंक ऋणपत्र २०८३’ निष्कासन गर्ने अन्तिम तयारी गरेको समेत बताए ।

प्रमुख कार्यकारी अधिकृत उपाध्यायले यो अवधिमा बैंकको खराब कर्जा पनि १० दशमलव ३१ प्रतिशतले घटेको जानकारी दिए। गत वर्षको पुष मसान्तमा ४ दशमलव ४२ प्रतिशत रहेको बैंकको खराब कर्जा अनुपात यस वर्षको पुष मसान्तमा घटेर ३ दशमलव ५९ प्रतिशतमा झरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij