२०८३ साउन ११ सोमबार

पर्यटन बोर्डको सीईओमा अन्तिम तीनको सिफारिस, तीनमा को बढी संभावित ?

ई आर्थिक    आइतबार, माघ ५ २०७६
4.5K
Shares
पर्यटन बोर्डको सीईओमा अन्तिम तीनको सिफारिस, तीनमा को बढी संभावित ?

ई–आर्थिक, काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि अन्तिम तीन जनाको नाम सिफारिस गरिएको छ । अन्तिम तीनमा धनन्जय रेग्मी, दीपक बस्ताकोटी र हिक्मतसिंह ऐरको नाम समितिले सिफारिस गरेको हो ।

बोर्डको सीईओ अब तीन तीन प्रतिस्पर्धी मध्येबाट छानिने छ । बोर्डको बैठक आजै बसेर नयाँ सीइओ नियुक्ति गर्ने अन्तिम कसरत भएको थियो । तर, केही बोर्ड सदस्यको समय नमिलेका कारण बैठक भोलीको लागि सारिएको समाचार स्रोतल जानकारी दिएको छ ।

कूल १७ आवेदनमध्ये प्रारम्भिक ९ जनाको नाम छनोट भएको थियो । तीनै ९ जना मध्येबाट तीन जनाको छनौट भएको हो ।

संभवत भोली नियुक्ती हुने नयाँ सीइओको कार्यकाल ४ वर्षको हुनेछ । निवर्तमान सीईओ दीपकराज जोशी पनि प्रतिस्पर्धामा भएपनि उनको नाम अन्तिम तीनमा आएको छैन ।

प्रतिस्पर्धी तीन आपूm सीईओ बन्ने कसरतमा शक्ति केन्द्रमा धाई रहेको बुझिएको छ । समाचार स्रोतका अनुसार आज र भोली ठूलो चलखेलको संभावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij