२०८३ भाद्र ३० मंगलबार

नबिल बैंकद्वारा उपचार तथा बीमाको वार्षिक समीक्षा, दुई करोड भन्दा बढीको भुक्तानी

ई आर्थिक    सोमबार, पौस २८ २०७६
9.6K
Shares
नबिल बैंकद्वारा उपचार तथा बीमाको वार्षिक समीक्षा, दुई करोड भन्दा बढीको भुक्तानी

ई–आर्थिक, काठमाडौँ। नबिल बैंकले आफ्ना ग्राहकका लागि उपलब्ध गराएको घातक रोग उपचार तथा बीमा बारे बार्षिक समीक्षा गरेको छ । सुविधा उपलब्ध गराएको एक वर्ष पूरा भएको सन्दर्भमा बैंकले उक्त समीक्षा गरेको हो ।

गत वर्ष २०७५ मंसिरबाट व्यक्तिगत बचतकर्ता ग्राहकका लागि बैंकले मेटलाइफ बीमा कम्पनीसँगको सहकार्यमा रु ३,००,००० को घातक रोग बीमा तथा रु ७५,००० को मृत्यु बीमा गरिदिने योजना बनाएको थियो ।

बीमा कम्पनीसँगको सहकार्यमा बैंकले ल्याएको योजनाको एक वर्षमा दुई करोड एक लाख ७५ हजार भुक्तानी गरिएको बैंकले जनाएको छ । यस योजनाको लोकप्रियता तथा यसले पु¥याएको सहयोगलाई मध्यनजर गर्दै यस योजनालाई निरन्तरता दिने निर्णय समेत बैंकले गरेको छ ।

उक्त योजनाअन्तर्गत बैंकले दैनिक मौज्दात रु २५,००० वा वढि राख्ने १६ देखि ६४वर्ष उमेरका जुनसुकै प्रकारका नेपाली मुद्राका व्यक्तिगत बचत खातालाई क्यान्सर, स्ट्रोक, फस्र्ट हर्ट अटयाक, सेरियस कोरोनरी आर्टरी, हर्ट भल्भ सर्जरी, प्राइमरी पल्मनरी हाइपर टेन्सन, एण्ड स्टेज लङ्ग डिजिज, एण्ड स्टेज लिभर फेलिअर, फुलमिनेन्ट हेपाटाइटिस् किड्नी फेलिअर, कोमा, एपलास्टिक एनेमिय, मेजर अर्गान बोन म्यारो ट्रान्सप्लान्टेसन गरी गरी १३ वटा घातक रोगहरुको उपचारार्थ रु ३००,००० को बीमा गरेको छ ।

यो कार्यक्रम अन्तगर्त १३ घातक रोग लागेमा ब्यांकले रु. तीन लाख उपलब्ध गराउने व्यवस्था गरिएको छ । यसको अतिरिक्त बचतकर्ताको निधनभएमा रु ७५,००० को बीमांक रकम समेत यो योजनाले सुरक्षित गरेको छ ।

सन् १९८४ देखि आफ्ना ग्राहकलाई समायनुकूल सेवा प्रदान गर्दै आएको बैंकको १०२ शाखा, १५३ एटीएम र १५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरु छन् । साथै बैंकले देशविदेशमा एजेन्टमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै अघि बढ्ने विश्वास लिएको छ ।

मेट लाइफ इन्कको सहायक संस्था अमेरिकामा संस्थापित अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनीको शाखाका रूपमा मेटलाइफ सन् २००१ देखि नेपालमा सञ्चालन भइरहेको छ । नेपालमा यसले व्यक्तिगत तथा संस्थागत ग्राहकलाई जीवन बीमा, दुर्घटना तथा स्वास्थ्य बिमा र सामूहिक बिमा उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij