२०८३ साउन ९ शनिबार

राष्ट्रिय वाणिज्य बैंकको प्रादेशिक कार्यालय वीरेन्द्रनगरमा

ई आर्थिक    शनिबार, पौस १९ २०७६
3.8K
Shares
राष्ट्रिय वाणिज्य बैंकको प्रादेशिक कार्यालय वीरेन्द्रनगरमा

ई–आर्थिक, वीरेन्द्रनगर । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको प्रादेशिक कार्यालयको वीरेन्द्रनगरमा स्थापना गरिएको छ ।

कर्णाली प्रदेशभित्रका शाखा कार्यालयको अनुगमन, निरीक्षण तथा सुपरिवेक्षण गर्ने उद्देश्यले बैंकको उक्त प्रादेशिक कार्यालय स्थापना गरिएको हो ।
वीरेन्द्रनगर नगरपालिका–८ मा अवस्थित कार्यालयको मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले उद्घाटन गर्दै वाणिज्य बैंकलाई निजी बैंकभन्दा छिटोछरितो र विश्वसनीय सेवा दिनुपर्ने चुनौती रहेको बताए ।

साथै उनले कर्णालीवासीको आम्दानीको अवस्थालाई मध्यनजर गरेर सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन आग्रह गरे ।

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारीले प्रादेशिक कार्यालयबाट रु एक करोड २५ लाखको ऋण स्वीकृत तथा रु दुई करोड ५० लाखसम्मको कर्जाको नवीकरण गर्न सकिने जानकारी दिए।

मुलुकभर बैंकका झण्डै ३० लाख निक्षेपकर्ता, ग्राहक कर्जा रु दुई लाख र शाखा २२८ रहेको बैंकले जानकारी दिएको छ ।

त्यसैगरी बैंकको एटिएम शाखा २०५, शाखारहित बैंकिङ ९५, एटिएम ग्राहक चार लाख ५० हजार र मोबाइल बैंकिङका १० लाख ग्राहक रहेको बैंकको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij