ई–आर्थिक, काठमाडौं : सिद्धार्थ बैंक लिमिटेडले आफ्नो १७ औं वार्षिकोत्सवमा विविध कार्यक्रम गरी मनाएको छ । बार्षिकोत्सवको अवसर पारेर बैंकले पौष ११ देखि पौष १६ सम्मको विभिन्न कार्यक्रम सम्पन्न गरेको हो । जस अनुसार विराटनगर, दमक, भरतपुर, जनकपुर, हेटौंडा, काठमाडौं, पोखरा, बुटवल, नेपालगञ्ज र धनगढीमा सप्ताहव्यापी रक्तदान कार्यक्रम सञ्चालन गरी समापन गरिएको छ ।
कार्यक्रममा बैंकका कर्मचारी, ग्राहकवर्ग तथा सर्वसाधारण गरी ४ सय ९८ जनाको सहभागिता थियो ।
सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले देशभर १६८ वटा शाखा, १०१ शाखा रहित बैंकिङ सेवा, १९७ एटिएम र १६०० भन्दा बढी पिओएस मेसिनमार्फत सेवा प्रदान गर्दै आएको छ ।