२०८३ साउन ११ सोमबार

व्यवसायिक क्षेत्रमा दखा परेका समस्याको समाधान हुन्छ : मन्त्री भट्ट

ई आर्थिक    शुक्रबार, पौस १८ २०७६
4.6K
Shares
व्यवसायिक क्षेत्रमा दखा परेका समस्याको समाधान हुन्छ : मन्त्री भट्ट

ई–आर्थिक, काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले व्यवसायिक क्षेत्रमा देखा परेका समस्याको क्रमिक समाधान गर्न आफू र मन्त्रालय संधै कटीवद्ध रहने बताएका छन् । निजीक्षेत्रसंग सहकार्य गरी परिणाममूलक नतिजा निकाल्न निजी क्षेत्र लाई समग्र निजीक्षेत्रको धारणा प्रस्तुत गर्न समेत आव्हान गर्दै चेम्बर अग्रणी संस्था भएको हुंदा उद्यम व्यवसाय वारे आफूले धेरै सिक्नु पर्ने मन्त्री भट्टले वताए ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठको नेतृत्वमा गएको प्रतिनिधी मण्डलसंगको भेटमा मन्त्री भट्टले बताउदै चालु आर्थिक बर्षको पांच महिनामा निकासीको तथ्याङ्क उत्साहप्रद रहेको उल्लेख गरे । उनले व्यापार घाटा न्यूनिकरण गर्न यो दिगो हुनु पर्ने र निर्यात योग्य बस्तुहरुको देशगत एवं वस्तुगत रुपमा विविधिकरण गर्नु पर्ने आवश्यकता औल्याउदै वस्तुको उत्पादन देखि निकासी बजार तहसम्म प्रर्वद्धनात्मक कार्य गरी निकासी वृद्धि गर्नुको विकल्प नरहेको दाबी गरे ।

सो अवसरमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीलाई चेम्बरको तर्फबाट बधाई तथा कार्यकालको शुभकामना दिदै चेम्बका अध्यक्ष राजेश काजी श्रेष्ठले औद्योगिक व्यवशायीक ऐनले दिएको सुविधा सहुलियत आर्थिक ऐनले काट्न नहुने बताउँदै स्थानिय कर र अन्य करको चाप बढ्दै व्यवसायको लागत बढेको र विभागित स्तरको अधिकार प्रत्यायोजनको प्रतिशत बढाउनु पर्ने र कम झन्झटिलो बनाउनु पर्ने, बैदेशिक लगानी आकर्षित गर्दा स्वदेशमा उपलब्ध श्रोत र साधनको परिचालन हुने गरी लगानी बढाउन प्रोत्साहित गर्नु पर्ने र आपूर्ति व्यवस्थापनमा सरल, सहज र नियमित आपूर्ति व्यवस्था गर्न “वफर स्टक” को व्यवस्था गर्नु पर्ने, पूराना ऐन कानून खारेज गरी समयानुकूल ऐन कानूनको तर्जुमा गरी उपभोक्ता एवं व्यवसायी मैत्री कानूनको तर्जुमा र परिपालना गर्नु पर्ने बताए ।

सो अवसरमा चेम्बरका पदाधिकारी,कार्य समितीका सदस्य उद्यमी व्यवसायीको उपस्थित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij