२०८३ साउन ९ शनिबार

कुमारी बैंक लिमिटेडको शाखा रहित बैंकिङ्ग सेवा कास्कीको छोम्रोंगमा

ई आर्थिक    बुधबार, पौस १६ २०७६
7.3K
Shares
कुमारी बैंक लिमिटेडको शाखा रहित बैंकिङ्ग सेवा कास्कीको छोम्रोंगमा

ई–आर्थिक, काठमाडौं । कुमारी बैंक लिमिटेडले अन्नपूर्ण– ११, छोम्रोंग, कास्कीबाट शाखा रहित बैंकिङ्ग सेवा सुरु गरेको छ । तमु ल्होसारको शुभ अवसरमा उक्त शाखा रहित बैंकिङ्ग सेवाको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गबाट सम्पन्न भएको थियो । उक्त शाखा रहित बैंकिङ सेवा उद्घाटन समारोहमा शाखा रहित बैंकिङ्ग सेवाका अभिकर्ता मिकाश गुरुङ्ग, गण्डकी प्रदेशका सांसद राजिव पहारी, अन्य अधिकारीहरु तथा स्थानीय वासिन्दा एवं व्यवसायिक प्रतिनिधिहरूको माझ सम्पन्न भएको थियो ।

बैंकले कास्की जिल्लामा ३ शाखाहरु पोखरा, लेकसाइड तथा बिरौटा शाखामार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ । बैंकले ग्राहकको माग तथा आसन्न नेपाल भ्रमण वर्ष २०२० लाई ध्यानमा राखी उल्लेखित स्थानमा शाखा रहित बैंकिङ्ग सेवा सुरु गरेको बिरौटा शाखाका शाखा प्रबन्धक महेश ढुंगानाले बताए छ । बैंकले यो भन्दा अगाडि नै अन्नपूर्ण बेसक्याम्प भ्रमण गर्ने पर्यटकको सुविधालाई मध्यनजर गर्दै सो क्षेत्रका विभिन्न होटेलमा १५ थान पाउस मेशिन पनि जडान गरिसकेको छ ।

विगत १९ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदँै आएको कुमारी बैंकले, आफ्ना देशभर रहेका ११९ शाखा संजाल, ११५ एटिएम्, ५ एक्सटेन्सन काउन्टर तथा २१ शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु आगामी दिनहरुमा पनि पु¥याउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij