२०८३ साउन ११ सोमबार

गोर्खा चाइनिज इटाको माग बढ्यो, कम्पनी आव्हान ग¥यो डिलरशिप

ई आर्थिक    मंगलबार, पौस ८ २०७६
9.4K
Shares
गोर्खा चाइनिज इटाको माग बढ्यो, कम्पनी आव्हान ग¥यो डिलरशिप

ई–आर्थिक, काठमाडौं । गोर्खा चाइनिज इटाले देशभरि विक्रीवितरणको लागि डिलरशिप आह्वान गरेको छ । देशभरकै उपभोक्ताले छिटोछरिटो तथा सहज रुपमा कम्पनीका इटाहरु खरिद गर्न सजिलो होस् भन्ने उद्देश्यले डिलरशिप खोजेको कम्पनीले जनाएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णराम देउपालाले इटाको माग देशभरि हुन थालेपछि आफूहरुले डिलरशिप खोजेको बताए । यो इटाको आकारप्रकार चिटिक्क मिलेर आकर्षक भई फेसवालको रुपमा लगाउन मिल्ने हुनु, तुलनात्मक रुपमा अझ बढी मजबुत, सबैतिर सीधा आकार मिलेको र स्मुथ फिनिसिङको हुने भएकोले यसको माग देशभरिबाट हुन थालेको उनले जनाए ।

टनेल क्लिन प्रविधिमा इटा पोली चाइनिज इटाको उत्पादन सुरु गरेको यो उद्योगको इटा हालसम्म प्रदेश २ को वर्दिवास, प्रदेश ३ को मुडे र चरिकोट, प्रदेश ४ को पोखरालगायतका ठाउँंहरुमा आपूर्ति भइसकेको कम्पनीले जनाएको छ ।

इटाको साइज साढे नौ इन्च लम्वाई, साढे चार इन्च चौडाई र सवा दुई इन्च मोटाइको रहेको छ । यो इटाको साइज ठूलो भएको कारणले गर्दा एक घनमिटर वाल लाउँंदा चार सय १० वटा मात्रै इटा लाग्ने कुरा कम्पनीले जनाए । जवकि साधारण इटाबाट एक घनमिटर वाल लगाउँंदा पाँच सय ५० वटा इटा लाग्ने गर्दछ । वाल लगाउँंदा सर्फेस प्लेन हुनाले सिमेन्ट मोर्टारको मात्रा ३० देखि ४० प्रतिशतले कम मात्रै भए पुग्ने गर्दछ । यति मात्रै नभई यो इटा एकैनासको हुन कारणले गर्दा प्लाष्टर गर्नुपर्दा २० देखि ३० प्रतिशत सिमेन्ट मोर्टार वच्दछ ।

बनेपाको वासडोलबाट इटाको आपूर्ति काठमाडौं उपत्यकाभित्र र उपत्यका बाहिर पठाउदा इटाको दररेटमा खासै तात्विक भिन्नता नआउनेसमेत कम्पनीले जनाएको छ । साधारणतया काठमाडौं उपत्यकाभित्र सानो दुई हजार गोटा इटा बोक्ने गाडीबाट ढुवानी गर्दा प्रतिगोटा दुई रुपैयाँं भाडा लाग्छ भने काठमाडौं बाहिरका सहरहरु पोखरा तथा वर्दिवासमा प्रतिगोटा तीन रुपैयाँं ५० पैसा मात्रै भाडा लाग्ने जनाइएको छ । यो भनेको काठमाडौंमा भन्दा प्रतिगोटा एक रुपैयाँं ५० पैसाले मात्रै वढी हो ।

उपत्यकाबाहिर आपूर्ति गर्दा काठमाडौंमा सामान लिएर आएका खाली जानुपर्ने ठूला आठ हजार वटा इटा बोक्ने टकहरुबाट हुने गर्दछ । काठमाडौंबाट खाली जानुको सटा मालबाहक टकहरु सस्तै ढुवानी दरमा काठमाडौं बाहिर सामान बोकेर जान्छन् । यसैले उपत्यकाबाहिर पनि कम भाडादरमै इटा पुग्न सकेको हो ।

कम्पनीले उपत्यकाबाहिरको लागि इटा लोड गर्दा विशेष सावधानी अपनाउने गर्दछ । यसकारण ढुवानीको क्रममा इटाहरु एक आपसमा जढी फुटने, विग्रने सम्भावना ज्यादै कम हुन्छ । यसकारण कारखानाबाटै लोड गरिएका अधिकतम ईटाहरु बाहिरी फेसवालको रुपमा प्रयोग गर्न सकिने कम्पनीको दावी छ । काठमाडौं उपत्यकामात्रै सिमित चाइनिज इटाबाट फेसवाल लगाउने चलन हाल उपत्यकाबाहिर पनि चल्तीमा आएको छ । त्यसकारण काठमाडौं उपत्यकाबाहिर पनि फेसवालको माग दिनदिनै वढ्दो छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij