२०८३ साउन ११ सोमबार

कुमारी बैंकको नक्साल भवन शिलान्यास

ई आर्थिक    मंगलबार, मंसिर २४ २०७६
7.8K
Shares
कुमारी बैंकको नक्साल भवन शिलान्यास

मंसिर २४, काठमाडौँ । कुमारी बैंक लिमिटेडले काठमाडौंको नक्साल स्थित आफ्नो भवन शिलान्यासको निम्ति भूमीपूजन गरेको छ ।

उक्त भूमीपूजन कार्यक्रम कुमारी बैंकका अध्यक्ष अमिर प्रताप ज. ब. राणाद्वारा वैदिक पूजा मार्फत सम्पन्न भएको हो । पूजामा कुमारी बैंकका सञ्चालक समिति, बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी, बैंकका अन्य उच्च पदस्थ कर्मचारीहरु समेतको उपस्थिती थियो ।

विगत १८ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा प्रदान गर्दै आएको कुमारी बैंकले, आफ्ना देशभर रहेका ११६ शाखा संजाल, ११० एटिएम्, ५ एक्सटेन्सन काउन्टर तथा २० शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु आगामी दिनहरुमा पनि पु¥याउँदै जाने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij