२०८३ साउन ११ सोमबार

भोजपुर-टक्सार सडक कालोपत्रको काम तिब्र

ई आर्थिक    आइतबार, मंसिर २२ २०७६
9K
Shares
भोजपुर-टक्सार सडक कालोपत्रको काम तिब्र

भोजपुर । भोजपुर–टक्सार सडक कालोपत्रको कामले तिब्रता पाएको छ। शुरुआत भएको सात महिनामा ५० प्रतिशतभन्दा बढी काम सम्पन्न भएको छ। समयमा काम सकिने आशा बढेको छ।

वर्षौँसम्म धेरै योजना अलपत्र बनिरहेका उदाहरण धेरै छन् । भोजपुर सदरमुकामबाट टक्सार विमानस्थल सम्मको यो सडकखण्ड कालोपत्र १८ महिनामा सक्नुपर्ने सम्झौता भएको थियो।

अहिले काम शुरु भएको सात महिनामै ५० प्रतिशतभन्दा बढी काम सम्पन्न भएको पूर्वाधार विकास कार्यालय भोजपुरले जानकारी दिएको छ। कार्यालयका अनुसार अहिले बाटो चौडा गर्ने काम सम्पन्न भइसकेको छ।

कार्यालय प्रमुख राजनराज रेड्डीले भने, “हालसम्म ५० प्रतिशत बढी काम सकिएको छ, यसलाई निर्धारित समयभन्दा अगाडि सक्ने तयारीका साथ काम गरिरहेको छौँ।”

प्रदेश सरकारअन्तर्गत पूर्वाधार विकास कार्यालयले रु १३ करोड ५३ लाख ५८ हजार २२७ लागतमा सो पाँच किलोमिटर सडक कालोपत्रको काम शुरु गरेको हो ।

निर्माणको जिम्मा ठेकेदार कम्पनी रायमाझी–जगदम्बा–मार्सेली जेभीले पाएको छ । कम्पनीका प्राविधिक आशिष न्यौपानेले भने, “कामलाई गुणस्तरीय ढङ्गले सम्पन्न गर्न हामी लागिपरेका छौँ, सबै तवरबाट गुणस्तरीय सडक बन्छ ।”

भोजपुरको एक मात्र टक्सार विमानस्थलबाट सदरमुकामसम्म आवतजावत गर्न कच्ची सडकले निकै सास्ती हुँदै आएको छ ।

सडक कालोपत्रको काम अगाडि बढेपछि स्थानीयवासी उत्साहित छन् । कामलाई गुणस्तरीय ढङ्गले समयमा सम्पन्न गराउन सरोकारवाला पक्षले ध्यान दिन स्थानीयवासीले आग्रह गरेका छन् ।

सडक कालोपत्रको शिलान्यास प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले गत वैशाखमा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij