२०८३ साउन ११ सोमबार

आई.एम.ई.लाइफ इन्स्योरेन्स कम्पनीको दोस्रो वार्षिक साधारणसभा सम्पन्न

ई आर्थिक    आइतबार, मंसिर २२ २०७६
7.6K
Shares
आई.एम.ई.लाइफ इन्स्योरेन्स कम्पनीको दोस्रो वार्षिक साधारणसभा सम्पन्न

ई–आर्थिक, काठमाडौं । आई.एम.ई.लाइफ इन्स्योरेन्स कम्पनीको दोस्रो वार्षिक साधारणसभा कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा. रामहरि अर्यालको सभापतित्वमा काठमाण्डौंको चन्द्रागिरी हिल्समा सभा सम्पन्न भएको थियो ।

सो सभा मार्फत कम्पनीले आर्थिक वर्ष २०७४/०७५ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन पारित भएको थियो । त्यसैगरी आर्थिक बर्ष २०७४/०७५ को वासलात, नाफा—नोक्सान हिसाब, नगद प्रवाह लगायत वित्तीय विवरण स्वीकृत गर्ने, कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०७५/०७६ को लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने र सञ्चालकको नियुक्तिलाई अनुमोदन गरेको छ ।

सभामा बोल्दै सभाका सभापति डा. अर्यालले बीमा व्यसायमा पर्याप्त जनचेतनाको अभाव, दक्ष जनशक्तिको अभाव र बीमा व्यवसाय सम्बन्धी साक्षरताको अभाव रहेको भएता पनि कम्पनीले सो बिषयलाई अवसरको रुपमा लिई बीमा सम्बन्धी जानकारी, जनचेतना र बीमाको पँहुच न्यून भन्दा न्यून आयस्रोत भएका जनमानसमा समेत पु¥याउन कटिबद्ध रहेको प्रतिबद्धता जाहेर गर्नुभयो ।

कम्पनीकोे उन्नती र प्रगतिमा निरन्तर अमूल्य सुझाब र सहयोग गर्ने शेयरधनी महानुभावहरु, कम्पनी प्रति बिश्वास र भरोसा गर्नुहुने समस्त बीमितहरु, कम्पनीको सफलताका लागि सहयोग तथा मार्ग निर्देशन दिने नेपाल सरकार, बीमा समिति, कम्पनी रजिष्टारको कार्यालय, नेपाल धितोपत्र वोर्ड, नेपाल स्टक एक्सचेन्ज लिमिटेड लगायत सम्पूर्ण नियमनकारी निकाय तथा सम्पूर्ण बीमा कम्पनीहरु, पुनर्बीमा कम्पनी, अभिकर्ताहरु, विभिन्न बैंक तथा वित्तीय संस्था एवं अन्य शुभेच्छुकहरु सवै प्रति हार्दिक कृतज्ञता ज्ञापन गरे ।

सो सभामा कम्पनीका सञ्चालक समितिका सदस्यहरु, संस्थापक शेयरधनीहरु, व्यवस्थापन समिति तथा अन्य कर्मचारीहरुको पनि उपस्थिति रहेको कम्पनीका सचिव प्रकाश न्यौपानेद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij