ई–आर्थिक, काठमाडौं : प्रहरीले दुई हुन्डी कारोबारीलाई पक्राउ गरेको छ । हुन्डी कारोबारको आरोपमा पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले ३८ लाख नगद समेत बरामत गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौंको नरदेवी बस्ने गोवर्धनप्रसाद सरावगी र अर्घाखाँची सीतगंगाका कृष्णप्रसाद भट्टराई रहेको प्रहरीले जानकारी दिएको छ ।
सुरुमा ३० लाख रुपैयाँसहित कृष्णप्रसाद भट्टराईलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । पछि अनुसन्धानको क्रममा उनले उक्त रकम गोबद्र्धनप्रसाद सरावगीको
रहेको र उनले हुन्डी गर्न दिएको खुलाएपछि सरावगीलाई पक्राउ गरेको महानगरीय प्रहरी अपराध महाशाखाले जानकारी दिएको छ । सरावगी अञ्जनी ओभरसिजका सञ्चालक समेत हुन ।
प्रहरीले सरावगीबाट थप आठ लाख १२ हजार रकम र अन्य व्यक्तिको नामका काटिएको केही थान चेक समेत बरामद भएको जानकारी दिएको छ।