ई–आर्थिक, काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार दोहोरो अङ्कले ओरालो लागेको छ। नेप्से घटेपनि कारोबार रकम भने औसतमा सीमित भएको जनाइएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से १०.५४ विन्दुले घटेर एक हजार ११०.०८ विन्दुमा पुगेको छ । सेन्सेटिभ परिसूचक २.०३ विन्दुले घटेर २४४.८६ विन्दुमा पुगेको छ ।
आइतबार कूल १६२ कम्पनीको ९ लाख २९ हजार ७४४ कित्त शेयर रु २८ करोड पाँच लाख ३४ हजार ४१५ मूल्यमा खरीद बिक्री भए ।
नेप्सेका अनुसारका कारोबार भएका कूल १२ उपसमूहकै शेयर ओरालो लागेको छ । बैंकिङ १०.४७, व्यापार ३९.८६, होटल १०.८३, विकास बैंक १०.३९, जलविद्युत् ७.६, वित्त ५.४१, निर्जीवन बीमा ५७.१५, उत्पादन २०.५१, अन्य ४.६६, लघुवित्त ६.३४, जीवन बीमा ४८.०८ र सामूहिक लगानी कोष ०.०९ विन्दुले घटेको छ ।
नेप्सेका अनुसार एनएमबी बैंकको कारोबार शीर्ष स्थानमा रहेको छ । सो बैंकको २ करोड ११ लाख ५९ हजार ४ सय बराबरको शेयर कारोबार भयो । नेपाल बैंक लिमिटेड १ करोड ३७ लाख ८३ हजार ९ सय १६, साना किसान विकास बैंक १ एक करोड २० लाख, स्ट्यान्र्डड चार्टड बैंक १ करोड ७८ हजार ९ सय ११ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।
नेशनल हाइड्रोपावर चार, अपि पावर ३.८८, लक्षमी लघुवित्त वित्तीय संस्था ३.०७ र नेशनल माइक्रोफाइनान्सका लगानीकर्ताले २।५८ प्रतिशतले कमाउँदा साल्ट टे«डिङ कर्पोरेशन ९.९०, गुर्खाज फाइनान्स ५.४०, पु्रडेन्डियल इन्स्योरेन्स ५.२६, गुरास लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ४.८२ प्रतिशतले गुमाएको नेप्सेले जनाएको छ।