२०८३ साउन ९ शनिबार

कृषि क्षेत्रमा विद्यमान गुजारा श्रमलाई उद्योगमा रुपान्तरण गरिने : मन्त्री भुसाल

ई आर्थिक    आइतबार, मंसिर ८ २०७६
6.3K
Shares
कृषि क्षेत्रमा विद्यमान गुजारा श्रमलाई उद्योगमा रुपान्तरण गरिने : मन्त्री भुसाल

लुम्बिनी ८, मङ्सिर – कृषि तथा पशुपक्षीमन्त्री घनश्याम भुसालले कृषि क्षेत्रमा विद्यमान गुजारा श्रमलाई उद्योगमा रुपान्तरण गर्नेगरी सरकारको सबै नीति तथा कार्यक्रमलाई केन्द्रित गर्ने बताउनुभएको छ ।

लुम्बिनी प्रेस क्लबले शनिबार भैरहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “हाम्रो मुलुकको समृद्धि, विकास र राष्ट्रिय पूँजीको विकासका लागि परम्परागत कृषिमा अल्झिएको गुजारा श्रमलाई परिवर्तन गरेर उद्योगमा ल्याउनु जरुरी छ । त्यसका लागि सरकारको सम्पूर्ण नीति तथा कार्यक्रमलाई सो कार्यमा केन्द्रित गर्छाैँ ।”

सरकारको बजेट, नीति तथा कार्यक्रम लागू भएको चार महिनापछि आफू मन्त्री भएर आएको उहाँको भनाइ थियो । “धेरै ठूला कुरा गर्नु व्यवहारिक हुँदैन । मेरो काम सरकारको नीति तथा कार्यक्रमले जुन परिणाम खोजेको छ, जुन लक्ष्य राखेको छ । त्यसप्रति बफादार भएर काम गर्नु नै हुनेछ”, मन्त्री भुसालले भन्नुभयो । समस्या समाधान गर्न आफू एक्लैले चाहेर मात्र नहुने उहाँको भनाइ थियो । “सबै मन्त्रालयको सहयोग र सहकार्य जरुरी छ”, मन्त्री भुसालले भन्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij