२०८३ साउन ११ सोमबार

व्यवसायीहरु सरकारको अनावश्यक दबावमा रहेको उद्योगीको गुनासो

ई आर्थिक    शनिबार, मंसिर ७ २०७६
4.9K
Shares
व्यवसायीहरु सरकारको अनावश्यक दबावमा रहेको उद्योगीको गुनासो

ई–आर्थिक, काठमाडौं । उद्योगीहरुले आर्थिक गतिविधि बढाउने नाउँमा सरकारले निजीक्षेत्रलाईमात्रै दावाव दिएको बताएका छन् । बजेटमार्फत करका दरहरु बढाएको प्रति संकेत गर्दै उद्योगीहरुले सरकारले राजश्व उठाउने लक्ष्य पुरा गर्नका लागि उद्योगीहरुलाई दवाव दिएको गुनासो गरेका हुन्।

नेपाल उद्योग वाणिज्य महासंघमा आयोजना गरिएको कर दिवस एवं कर सप्ताहका अवसरमा गरिएको एक कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले बजेटमार्फत कर्मचारीलाई अनिवार्य पानमा जानुपर्ने तथा भिसिटिएस प्रणाली लागू गर्ने नीति लिँदा व्यवसायीहरु तरंगित भएको बताए।

तर पछिल्लो समय उक्त समस्या समाधान भएपनि डुइङ बिजनेसमा कर सम्बन्धी व्यवस्थामा सुधार गर्न नसकेको तथा कस्ट आफ डुइङ बिजनेस तर्फ ध्यान नदिएको गुनासो वरिष्ठ उपाध्यक्ष गोल्छाको थियो।

कार्यक्रममा राजश्व सचिव शिशिर कुमार ढुंगानाले राजश्वको लक्ष्य पुरा नहुँदा सरकारलाई समस्या पर्ने र यसले शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा समेत प्रभाव पार्ने बताए। सचिव ढुंगानाले आगामी जनवरी १ देखि डिजिटल सिस्टम मार्फत कर भुक्तानी गर्ने व्यवस्था गर्न लागिएको समेत जानकारी दिए।

कार्यक्रममा उद्योगीहरुले सरकारले पछिल्लो समय अवलम्बन गरेको विभिन्न नीतिगत व्यवस्थाका कारण लगानीको वातावरण विग्रने खतरा रहेको भन्दै सचेत गराएका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij