२०८३ साउन ११ सोमबार

नवनियुक्त मन्त्रीहरुद्वारा पद तथा गोपनीयताको सथप

ई आर्थिक    बिहिबार, मंसिर ५ २०७६
7.2K
Shares
नवनियुक्त मन्त्रीहरुद्वारा पद तथा गोपनीयताको सथप

ई–आर्थिक, काठमाडौं । नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले एक कार्यक्रमकाबीच नवनियुक्त ६ मन्त्रीलाई शपथ गराएकी हुन् । तीन राज्य मन्त्रीहरूलाई भने प्रधानमन्त्रीले शपथ गराएका छन् ।

सपथ लिएका नवनियुक्त मन्त्रीहरूमा नेकपा सांसदहरू वसन्त नेम्वाङ, घनश्याम भुसाल, हृदयेश त्रिपाठी र पार्वत गुरुङ, लेखराज भट्ट र रामेश्वर राय यादव छन् ।
नेम्वाङलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ भने भुसाललाई कृषिमन्त्रालयको जिम्मेवारी दिइएको छ । त्यस्तै हृदयेश त्रिपाठीलाई संघीय मामिला तथा सामान्य प्रशासन र पार्वत गुरुङलाई महिला बालवालिका तथा जेष्ठ नागरिक मन्त्रयको जिम्मेवारी दिइएको छ । रामेश्वर राय श्रम, रोजगार तथा सामाजिक मन्त्री बनेको छन् । त्यस्तै लेखराज भट्टले उद्योगमन्त्रीको जिम्मेवारी पाएका छन् ।

त्यस्तै नवराज रावत स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री, मोतिलाल दुगड उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री र रामवीर मानन्धर सहरी विकास राज्यमन्त्रीको रुपमा सपथ खाएका छन् ।

राष्ट्रपति कार्यालयमा गरिएको शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत उपस्थित भएका थिए ।
प्रधानमन्त्री केपी ओलीले सिफारिस गरेका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद् हेरफेर गरेकी थिइन् ।

नवनियुक्त मन्त्रीहरूलाई राष्ट्रपतिले र राज्यमन्त्रीलाई प्रधानमन्त्रीले शपथ गराउने संवैधानिक व्यवस्था अनुसार शपथ गराइएको हो । शपथसँगै नवनियुक्त मन्त्रीहरूलाई मन्त्रालयको काम गर्ने बाटो खुल्ला भएको छ ।

८ मन्त्री भने बर्खास्तीमा परेका छन् । मन्त्री पद गुमाउनेहरूमा भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ, संघीय मामिलामन्त्री लालबाबु पण्डित, श्रममन्त्री गोकर्ण विष्ट, महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापा छन् । पर्यटन राज्यमन्त्री धनबहादुर बुढालाई पनि हटाइएको छ । त्यस्तै पूर्वमाओवादी कोटाबाट सरकारमा गएका कृषिमन्त्री चक्रपाणि खनाल, उद्योगमन्त्री मात्रिका यादव र कृषिराज्यमन्त्री रामकुमारी चौधरीलाई पनि हटाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij