२०८३ साउन ११ सोमबार

नेपालमा लगानी गर्न अष्ट्रेलियाका निजीक्षेत्र उत्सुकः राजदूत पिटर वड

ई आर्थिक    बुधबार, मंसिर ४ २०७६
5.5K
Shares
नेपालमा लगानी गर्न अष्ट्रेलियाका निजीक्षेत्र उत्सुकः राजदूत पिटर वड

अष्ट्रेलियाका मुख्य शहरहरुमा व्यपार, पर्यटन, लागनी सम्बन्धी रोड शो हुनुपर्छः चेम्बर अध्यक्ष श्रेष्ठ

ई–आर्थिक, काठमाडौं । नेपालका लागि अष्ट्रेलियका राजदूत पिटर ग्रेमी वडले नेपालमा सम्पन्न लगानी सम्मेलन पश्चात लगानी प्रबद्र्धन गर्न उत्साह थपिएको बताउँदै साना लगानीकर्ताहरुलाई समेत सहज वातावरण हुने कानूनी प्रावधान भएमा नेपलमा अष्ट्रेलियाको कृषि, जलश्रोत, पर्यटन आदि क्षेत्रमा उल्लेख्य लगानी आउने संभावना रहेको बताएका छन् ।

राजदूत वडले नेपाल चेम्बर अफ कमर्सको जमलस्थित कार्यालयमा आयोजित भेटघाट कार्यक्रममा आफ्नो कार्यकालमा सकेसम्म नेपाल अष्ट्रेलिया बीच सिधा हवाई सेवा शुरु गर्न आफूले पहल गर्ने बताए । यसको लागि व्यवसायिक निर्णय हुनुपर्नै र हवाई सम्झौता भैसकेको परिप्रेक्षमा सो प्रक्रिया आवहन गर्न कठीन नहुने उनले बताए । उनले अष्ट्रेलियाले नेपालको सामुदायिक वनमा गरेको सहयोग अनय मुलुकको लागि पनि अनुकरणीय भएको बताउँदै नेपालमा लगानी तथा व्यापारको लागि कानूनी र असल व्यवसायमैत्री वातावरण भएमा अष्ट्रेलियाको लगानी उल्लेख्य रुपमा आउन सक्ने पनि बताए ।

सो अवसरमा राजदूत वडको चेम्बरमा स्वागत गर्दै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले लगानी सम्मेलन पछि र एकद्वार प्रणाली लागू भए पछि लगानीको संभावना बढेको बताए । अष्ट्रेलियाको मुख्य शहरहरु ब्रिसवेन, मेलवर्न, सिड्नी, क्यानेवरा, पर्थ लगायतका आकर्षक र नियमित पर्यटन, व्यापार, लगानी प्रबद्र्धन गर्न रोड शो गर्नुपर्ने, व्यापार/मेला प्रदर्शनीमा सहभागिताको अवसर प्राप्त हुनुपर्ने बताए ।

नेपालले अल्पविकसित मुलुकमै अष्ट्रेलियाले प्रदान गरेको करमुक्त प्रवेशको सुविधाको अधिकतम् प्रयोग गर्न नसकिरहेको कटु यथार्थ प्रस्तुत गर्दै नेपाली समुदाय पनि अष्ट्रेलियामा ठूलो संख्यामा रहेको हुँदा तिनीहरुलाई समेत लक्षित गरी निकासी प्रबद्र्धन र आयत व्यवस्थापन हुनुपर्ने जोड दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij