२०८३ साउन ११ सोमबार

यती एयरलाइन्सले प्लाष्टिक कपको सट्टमा कागजको कप प्रयोगमा ल्याउने

ई आर्थिक    सोमबार, मंसिर २ २०७६
7.5K
Shares
यती एयरलाइन्सले प्लाष्टिक कपको सट्टमा कागजको कप प्रयोगमा ल्याउने

ई–आर्थिक, काठमाडौँ । निजी क्षेत्रको अग्रणी वायु सेवा प्रदायक कम्पनी यती एयरलाइन्सले आफ्ना सबै जहाजमा प्लाष्टिकका कप प्रयोग नगर्ने भएको छ । एयरलाइन्सले यात्रुलाई पानी तथा अन्य पेय पदार्थ दिन प्रयोग भइरहेको प्लास्टिक कप विस्थापन गर्ने घोषणा गरेको हो । प्लास्टिकको सट्टा पेपर (कागज) कप प्रयोगमा ल्याइने कम्पनीले जानकारी दिएको छ ।

वातावरण संरक्षण र कार्वन उत्सर्जनमा कमी आउने कम्पनीको भनाइ छ । पेपर कपको उद्घाट गर्दै संयुक्त राष्ट्र संघ विकास नियोग (युनएनडिपी) का आवासीय प्रतिनिधि आइसियानी लेबेले वातावरण संरक्षणका लागि यती एअरलाइन्सले गरेको सकारात्मक प्रयासको प्रशंसा गरेका थिए ।

यती एअरलाइन्स नेपालमा कार्बन न्युट्रल अभियान शुरुवात गर्ने पहिलो वायु सेवा कम्पनी हो । पेपर कपसँगै यती एअरलाइन्सले थप दुई विद्युतीय कार पनि प्रयोगमा ल्याएको जानकारी दिएको छ । यतीले सहस्राब्दी दीगो विकास लक्ष्य पूरा गर्न युएनडिपिसँग सहकार्य गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij