२०८३ साउन ११ सोमबार

नेपाल र जनगणतन्त्र चीनको ग्वाङजाउ बीच औद्योगिक–व्यवसायीक सम्बन्ध विस्तारमा जोड

ई आर्थिक    आइतबार, मंसिर १ २०७६
4.3K
Shares
नेपाल र जनगणतन्त्र चीनको ग्वाङजाउ बीच औद्योगिक–व्यवसायीक सम्बन्ध विस्तारमा जोड

ई–आर्थिक, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ, चेम्बरका पदाधिकारी र जनगणतन्त्र चीनको ग्वाङजाउका लागि महावाणिज्यदूत हरिशरण पूडासैनी बीच चेम्बर सचिवालय जमलमा भेटवार्ता भएको छ ।

सो कार्यक्रममा महावाणिज्यदूत पूडासैनीले आफुले जनगणतन्त्र चीनको ग्वाङजाउ र नेपाल बीच आर्थिक सम्बन्ध मजबुत बनाउन कटिबद्ध रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले आफ्नो कार्यकालमा आर्थिक कुटनीतिकको माध्यमद्धारा व्यापार मेला, निर्यात वस्तुहरुको वृद्धि, पर्यटन प्रबद्र्धनमा जोड दिने बताउनुभयो ।

जनगणतन्त्र चीनको ग्वाङजाउका लागि महावाणिज्यदूत पूडासैनीले आवश्यकता अनुसार ग्वाङजाउमा नेपाल वायुसेवा निगमको सेवा शुरु गर्नेमा जोड दिनुभयो ।

आफूले नेपाली उत्पादन, लगानीका अवसरहरु तथा पर्यटन प्रबद्र्धनमा प्रभावकारी भूमिका निर्वाह गर्ने र कुनै सहयोग आवश्यक भएमा चेम्बरसंग सम्पर्कमा रहेर कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सो अवसरमा चेम्बरका अध्यक्ष राजेश काजी श्रेष्ठले नेपालमा चेम्बर एक्स्पो २०२०, पर्यटन वर्ष २०२०, मा जनगणतन्त्र चीनको ग्वाङजाउबाट पर्यटक ल्याउन कुटनीतिक पहल हुनुपर्नेमा जोड दिनुभयो । अध्यक्ष श्रेष्ठले विशेष गरी नेपाल र नेपाली उत्पादन एवं लगानीका क्षेत्रहरुको प्रबद्र्धन गर्न सिसीपिआईटी सँगको सहकार्यमा कार्यक्रम बढाउनुपर्ने धारणा राख्नुभयो । साथै चीनले आयोजना गरेको आयात प्रबद्र्धन मेलामा हस्तकला, कृषिजन्य वस्तु लगायत नेपाल ी निर्यात योग्य वस्तुको प्रबद्र्धनमा जोड दिनुभयो ।

सो भेटमा अध्यक्ष श्रेष्ठले औद्योगिक/व्यापारीक प्रतिनिधीमण्डलको आदान प्रदान, पर्यटन मेला, जनगणतन्त्र चीनको ग्वाङजाउका लगानीकर्तासँग नेपालका लगानीकर्ता बीच भेट, लगानी सम्भावना सम्बन्धी सूचना आदान प्रदान, नेपाली निर्यातकर्ताहरुको बजार विस्तार गर्न त्यहाका संभाब्य आयातकर्तासँग अन्तरक्रिया गराउन पहल गर्न पूडासैनीको भूमिका महत्वपूर्ण रहने बताउनुभयो । खासखास नेपाली मौलिक पहिचान दिने उत्पादनहरुको प्रवर्द्धन गरी निर्यात बढाउन सके नेपालले चीनको जनगणतन्त्र चीनको ग्वाङजाउ लगायत विभिन्न राज्यबाट निकै धेरै लाभ उठाउन सक्ने सुझाव चेम्बरको रहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij