ई–आर्थिक, काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी र ग्रिनसिटी अस्पताल बिच अस्पतालले प्रदान गर्ने सुबिधाहरुमा छुट उपलब्ध गराउने सम्बन्धमा संझौता सम्पन्न भएको छ ।
उक्त संझौता अनुसार सगरमाथा इन्स्योरेन्स कम्पनीबाट मोटरबीमा गर्ने ग्राहकहरुलाई उपलब्ध गराईएको भीआईपी काडए प्रयोगकर्ताहरुका लागी र कम्पनीका कर्मचारीहरुलाई ग्रिनसिटी अस्पतालमा उपचार गर्दा अस्पतालले प्रदान गर्ने बिभिन्न सेवा सुबिधामा छुट पाउनेछन् ।
उक्त सम्झौतामा सगरमाथा ईन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री र ग्रिनसिटी अस्पतालका तर्फबाट अध्यक्ष लोक बहादुर टण्डनले स्वास्थ्य उपचार सेवा सम्वन्धि सम्झौतामा हस्ताक्षर गरेका थिए ।