२०८३ भाद्र २९ सोमबार

समृद्धि फाइनान्सको औपचारिक वित्तीय कारोवार सुरू

ई आर्थिक    शुक्रबार, कार्तिक २९ २०७६
13.5K
Shares
समृद्धि फाइनान्सको औपचारिक वित्तीय कारोवार सुरू

पूँजी बृद्धिका साथै नयाँ व्यवस्थापन

ई–आर्थिक, काठमाडौं । वल्र्ड मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स कम्पनी लिमिटेड समृद्धि फाइनान्समा परिवर्तन भएको छ । २०५८ सालमा स्थापना भएको वल्र्ड मर्चेन्टमा प्रतिष्ठित व्यवसायी तथा प्राज्ञहरुद्वारा संस्थापक सेयरमा लगानी थप भए पश्चात यही २०७६ कात्तिक १ गतेदेखि समृद्धि फाइनान्स कम्पनीमाम परिवर्तन भएको थियो । नाम र नयाँ व्यवस्थापनसँगै परिवर्तन भएको यो फाइनान्स नयाँ ढंगबाट सञ्चालनमा आउने भएको छ । फाइनान्स समृद्धि भएपश्चात हालै नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरिञ्जीवी नेपालले एक कार्यक्रममार्फत औपचारिक वित्तीय कारोवारको उद्घाटन गरेका थिए ।

संस्थाको चुक्ता पुँजी १८ करोड १९ लाख ८० हजार ३०० रहेको संस्थाको केन्द्रीय कार्याल हेटौंडामा रहेको छ । त्यस्तै शाखा कार्यालयहरु काठमाडौंको पुतलीसडक र नेपालगञ्ज रोड अमरपथ बुटवलमा रहेको छ ।

नेपाल राष्ट्र बैंकबाट ‘ग’ बर्गको इजाजतपत्र प्राप्त संस्थाको अध्यक्षमा टिकानिधि लोहनी रहेका छन् भने सञ्चालकहरुमा केशवदास श्रेष्ठ, विनोदकुमार सुवेदी, शिवलाल पुरी र विज्ञ सञ्चालकमा श्रीकुमार पुरी रहेका छन् ।

संस्थाको प्रमुख कार्यकारी अधिकृतको रुपमा भने पुष्पप्रसाद श्रेष्ठले जिम्मेवारी सम्हालेका छन् ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जारी एकीकृत निर्देशन २०७३ मा भएको निर्देशन बमोजिम ‘ग’ वर्गको इजाजतपत्र प्राप्त संस्थाको चुक्ता पुँजी ८० करोड पु¥याउनु पर्ने व्यवस्था बमोजिम नियामक निकायहरुसँग स्वीकृति प्राप्त भइसकेको कम्पनीले जानकारी दिएको छ । छिट्टै नै हकप्रद सेयर जारी गरिने कम्पनीले जानकारी दिएको छ ।

त्यसका लागि आवश्यक प्रक्रिया अघि बढाई सकिएको र दुई बर्षभित्र तोकिएको चुक्ता पूँजी संस्थाका सेयरधनी सदस्यहरु, सञ्चालक समिति र व्यवस्थापन कटिबद्धताका साथ निरन्तर रुपमा लागि रहेको संस्थाले जानकारी दिएको छ । साथै संस्थाले आफ्नो व्यवसाय विस्तारको लागि नियामक निकायबाट स्वीकृति लिई नयाँ शाखाहरुको विस्तार गर्ने तथा ग्राहकको सेवा र सन्तुष्टिलाई विशेष प्राथमिकतामा राखेको छ ।

संस्थाको समृद्धि ५५ प्लस, समृद्धि गृहलक्ष्मी, समृद्धि शेयरधनी बचत खाता योजना सञ्चालनमा छन् । संस्थाको घर कर्जा, व्यक्तिगत कर्जा, शिक्षा कर्जा र व्यवसायिक कर्जाहरु रहेका छन् । नयाँ नाम र नयाँ समुहबाट सञ्चालन गर्न पुनः स्वीकृति पाएको यस संस्थाले नीति नियमको परिपालना र शुसासनलाई अत्यन्तै महत्व दिंदै संस्थाको दिगो बृद्धि र लगानीकर्ताहरुलाई छिटोभन्दा छिटो उचित प्रतिफल प्रदान गर्न प्रतिबद्ध रहेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij