२०८३ साउन ११ सोमबार

मरिएट होटलको आयोजनामा ‘अरबियन सूक’

ई आर्थिक    बुधबार, कार्तिक २७ २०७६
4.8K
Shares
मरिएट होटलको आयोजनामा ‘अरबियन सूक’

ई–आर्थिक, काठमाडौं । काठमाडौंमा रहेको मरिएट होटलले एक हप्तासम्म ‘अरबियन सूक’ आयोजना गरिरहेको छ । त्यहाँ मानिसहरुले सबै अरबियन भोजनको अनुभव लिन सक्नेछन् ।

मिडल इस्टको मुखबाट पानी रसाउने खानादेखि लिएर लोभ्याउने हुक्काको स्वादहरुको साथमा होटलले प्रसिद्ध बेली डान्सरको उत्साहजनक प्रस्तुति पनि पेश गरिरहेको छ ।

यो इभेन्ट अतिथि शेफ मिना अयूब र काठमाडौं मेरिएट होटलको कार्यकारी शेफ सञ्जीव रञ्जनको सृजना हो । जसले अतिथिहरुलाई मिडल इस्टका विभिन्न शहरहरुको अनुभव प्रदान गर्ने पर्फेक्ट मेन्यू पेश गरिरहेका छन् । अतिथिहरुले लाइभ किचनको अनुभव गर्नुका साथै शेफहरुसँग कुराकानी गर्ने अवसर पाउनेछन् ।

यो इभेन्ट नोभेम्बर १६ तारिकसम्म काठमाडौं मेरिएट होटलको ठमेल किचनमा ६ः३० बजेदेखि राति १०ः३० बजेसम्म अतिथिहरुका लागि खुल्ला रहने होटलले जानकारी दिएको छ । होटलले अतिथिहरुलाई पहिले नै रिजर्भेसन गर्न पनि अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij