ई–आर्थिक, काठमाडौं । श्री एयरलाइन्स र यति एअरलाइन्सको जहाज ठोक्किएको छ ।
श्री एयरलाइन्सले पार्किङ गरिराखेको यतिको जहाजलाई छोए पछि सामान्य दुर्घटना भएको छ । जहाजमा सामान्य क्षति मात्रै भएको श्री एअरलाइन्सले जानकारी दिएको छ ।
विराटनगरबाट आएको श्री एयरलाइन्सको जहाज पार्किङमा लैजाँदै गर्दा यतिको जहाजसँग ठोक्किएको थियो ।
उक्त दुर्घटनाको नेपाल नागरिक उड्डयन प्राधिकरण र दुबै कम्पनीका अधिकारीहरुले जहाजको निरीक्षण समेत गरिसकेका छन् ।