२०८३ भाद्र २९ सोमबार

सांग्रिला डेभलपमेन्ट बैंक १६औं बर्षमा प्रवेश

ई आर्थिक    बुधबार, कार्तिक २० २०७६
5.5K
Shares
सांग्रिला डेभलपमेन्ट बैंक १६औं बर्षमा प्रवेश

वार्षिकोत्सवमा प्रभातफेरी र रक्तदान कार्यक्रम आयोजना

ई–आर्थिक, काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आफ्नो स्थापनाको १५ बर्ष पुरा भई १६औं बर्षमा प्रवेश गरेको छ । बार्षिकोत्सवको अवसर पारेर बैंकले प्रभातफेरी र रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

बैंकको केन्द्रिय कार्यालय बालुवाटारबाट शुरु भएको प्रभातफेरी नक्साल भगवती हुँदै कमलपपोखरी, कमलादी गणेशस्थान, घण्टाघर, रानीपोखरी दरबारमार्ग, नागपोखरी, गैरीधारा हुँदै पुनः केन्द्रिय कार्यालय बालुवाटार आएर सम्पन्न भएको थियो ।

‘सांग्रिला बैंकको सोच, हरेक नेपालीमा बैकिङ्ग पहुँच’ भन्ने मूल नारालाई मनन् गरी प्रभातफेरी आयोजना गरेको हो ।

बार्षिकोेत्सवकै अवसरमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्य अन्तर्गत विगतका वर्षहरुमा जस्तै बैंकको केन्द्रीय कार्यालयमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

बैंकको नेपालगञ्ज क्षेत्रीय कार्यालय तथा गल्छी शाखा कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गर्नुका साथै बैंकको सातवटै प्रदेश कार्यालयबाट सरसफाई लगायतका विभिन्न कार्यक्रम गरी वार्षिकोत्सव मनाइएको बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij