ई–आर्थिक, सुकुटे (सिन्धुपाल्चोक) : सिन्धुपाल्चोकको सुकुटेमा भएको बस दुर्घटनाका मृतक १७ जना पहिचान भएको छ । मृत्यु हुनेमा दोलखा शैलुङ गाउँपालिका –५ की वर्ष ५२ की चेतकुमारी बस्नेत,शैलुङश्वरी गापा–४ की वर्ष ६ की सलिना तामाङ,शैलुङश्वरी–३ का तिन महिनाको शिशु निशान तामाङ, शैलुङश्वरी–३ माइती भएकी सिन्धुपाल्चोक त्रिपुरासुन्दरी घर भएकी चमेली श्रेष्ठ, शैलुङश्वरी–५ की वर्ष ४७ कि रत्नकुमारी राउत,भिमेश्वरी नगरपालिका –९ की वर्ष २४ की रञ्जिता केसी,त्रिपुरासन्दरी गाउँपालिका–४ की वर्ष ६ की सायरानी श्रेष्ठ, शैलुङश्वरी–५ का वर्ष २९ का किरण राउत, शैलुङश्वरी–५ की वर्ष २० की कबिता राउत, दोलखा जिल्ला घर भएका वर्ष १४ का रिकेश खडकाको सनाखत भएको छ ।
त्यस्तै शैलुङश्वरी–४ का १४ वर्षीय दियुना लामा, शैलुङश्वरी–३ का वर्ष ३२ की निर्माला खडका, रोशी गाउँपालिका–४ काभ्रेकी ५ वर्षीया सजिना तामाङ, शैलुङश्वरी–२ की ७० वर्षकी उरमाया मोक्तान, शैलुङश्वरी–५ वर्ष ३८ की सानु राउत आले, शैलुङश्वरी–३ का वर्ष १३ का निकेश खडका र चितवन जिल्ला पटीहानीकी वर्ष ५६ को पुजा बस्नेतको मृत्यु भएको छ । मृतक सबैको सनाखत भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जानकारी दिएको छ ।
मृतक सबैको लाश प्रथामिक स्वास्थ्य केन्द्र बाह्रविसेमा राखिएको छ । त्यस्तै एक जनाको शिर मेमोरीय धुलिखेल र एकको धुलिखेल अस्पतालमा रहेको प्रहरीले जानकारी दिएको छ ।
कानुनी प्रक्रिया पुरा गरेर सोमबार नै आफन्तको जिम्मा लगाउने तयारी गरिएको छ । दुर्घटनामा घाइते भएका अधिंकाश उपचार पछि घर फर्कैका छ्न ।
धुलिखेल अस्पतालमा २८, शिल मेमोरीयल बनेपामा २ ग्रान्डी, अन्नपुर्ण र ट्रमामा एक÷एक र नर्भीक अस्पतालमा तीन जनाको उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । बस चालक धनबहादुर मोक्तानको ठिमी अस्पतालमा उपचार भइरहेको छ ।
सो दुर्घटनामा दोलखा जिल्लाको शैलुङश्वरी गाउँपालिकाको १३ जनाको निधन भएको छ । सो गाउँपालिका को काटाकुटी गाउँका मात्रै ९ जनाको मृत्यु भएको छ भने एकै घरमा तिन जना सम्मको निधन भएको छ । दुर्घटनमा सोही गाउँपालिकाका एक बालिका र अर्का एक जना हराइरहेको बुझिएको छ । एकै गाउँपालिकाको १३ को मृत्युपछि शैलुङश्वरी गाउँपालिका शोकमा डुबेको छ । सो गाउँपालिकाले आज शोक मनाउने भन्दै सार्वजानिक विदा समेत घोषणा गरेको छ ।
दोलखाको मागा देउराली हुदै बु आएकोले त्यहाँका यात्रु धेरै को निधन भएको प्रहरीले जानकारी दिएको छ ।