२०८३ साउन १२ मंगलबार

भारतमा विधानसभा चुनावः सत्तारुढ भाजपालाई झड्का

ई आर्थिक    बिहिबार, कार्तिक ७ २०७६
5.6K
Shares
भारतमा विधानसभा चुनावः सत्तारुढ भाजपालाई झड्का

२०७६ कार्तिक ७ गते, नयाँ दिल्ली (एजेन्सी) । भारतका दुई राज्यको विधानसभा निर्वाचनको बिहीबार मतगणना जारी छ। मतगणनाको पछिल्लो परिणाम र रुझानअनुसार सत्तारुढ दल भाजापालाई झड्का लागेको छ। हरियाणमा भाजापाले सत्ता गुमाउने देखिएको छ। उता महाराष्ट्रमा भने भाजपा–शिवसेनाको गठबन्धनले बहुमत पाउने देखिएको छ।

हरियाणमा मनोहर लाल खट्टर सरकारले बहुमत नपाउने देखिएपछि काँग्रेस आईले दिपक हुड्डालाई सरकार निर्माणका लागि जस्तोसुकै निर्णय पनि गर्न छुट दिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। हरियाणामा कुनै पनि दलले स्पष्ट बहुमत नल्याउने देखिएपछि गठबन्धन सरकारका लागि चहलपहल शुरु भएको छ।

हरियाणका ९० सिटमध्ये हालसम्म ४१ सिटको परिणाम आएको छ। यो समाचार तयार पार्दासम्म भाजपाले सबैभन्दा धेरै १६ सिटमा जित हात पारेको छ भने २४ सिटमा अगाडि छ। यस्तै काँग्रेस आईले ११ सिटमा जित हात पारेको छ भने २१ सिटमा अग्रता लिएको छ। अन्यले १४ सिटमा जित हात पारेका छन् भने ४ सिटमा अग्रता लिएका छन्। यहाँ बहुमतका लागि ४६ सिट आवश्यक थियो। वर्तमान सत्तारुढ दल बहुमत ल्याउनबाट ६ सिटले चुक्ने देखिएको छ।

उता २८८ सिट रहेको महाराष्ट्रमा भने भाजपा–शिवसेना गठबन्धनले काँग्रेस आई–राष्ट्रवादी काँग्रेस गठबन्धनलाई पाखा लगाउँदै सत्ता जोगाउने देखिएको छ। महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फण्डिवस फेरि दोस्रो कार्यकालका लागि मुख्यमन्त्री बन्ने भएका छन्।

भाजापा गठबन्धनले २१ सिटमा जित हात पारेको छ भने १४१ सिटमा अग्रता लिएको छ। यस्तै काँग्रेस गठबन्धनले १६ सिटमा जित हात पारेको छ भने ८७ सिटमा अग्रता लिएको छ।

भाजपा गठबन्धनमा शिवसेना बलियो देखिएको छ। शिवसेनाले सत्ता साझेदारीमा बराबरी हुनुपर्ने बताएको छ। उसले आधा कार्यकाल आफुले सरकार चलाउनुपर्ने बताएको छ। यसले सत्तारुढ भाजपालाई दुबै राज्यमा झड्का लाग्ने देखिएको छ। महाराष्ट्रमा भाजापा विना पनि सरकार बन्ने अवस्था रहेकाले शिवसेना, काँग्रेस आई र राष्ट्रवादी काँग्रेसबीच गठबन्धनको पहल पनि हुन सक्ने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij