२०८३ भाद्र २९ सोमबार

प्राइम कमर्सियल बैंकको शाखा कीर्तिपुरमा

ई आर्थिक    बुधबार, कार्तिक ६ २०७६
4.6K
Shares
प्राइम कमर्सियल बैंकको शाखा कीर्तिपुरमा

ई–आर्थिक, काठमाडौं । प्राइम कमर्सियल बैंकले काठमाडौंको किर्तिपुरमा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ । आफ्नो शाखा संजाल बिस्तारको गर्ने क्रममा बैंकले सो शाखा सञ्चालनमा ल्याएको जानकारी दिएको छ । पछिल्लो पटक खुलेको बैंकको यो ९६ औं शाखा हो ।

स्थानीय उद्योगी, व्यवसायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थितिमा एक समारोहका विच बैंकका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले उक्त किर्तिपुर शाखाको उद्घाटन गरेका थिए ।

बैंकले आफ्ना शाखा सञ्जाल विस्तार गर्ने कार्यलाई आगामी दिनमा समेत विस्तार गर्दै प्रतिवद्धता बैंकले व्यक्त गरेको छ ।

साथै बैंकले निक्षेपकर्ता तथा ग्राहकहरुलाई प्रदान गरिने सेवालाई थप गुणस्तरीय बनाउन आफ्नो सेवालाई थप चुस्त, आत्मीय र ग्राहकमुखी बनाउने जानकारी बैंकका प्रवक्ता तथा नायव महाप्रवन्धक भाइराजा तुलाधरले दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij