२०८३ साउन ९ शनिबार

एकै गोठबाट दशैँमा भेडा र खसी बेचेर २० लाख आम्दानी

ई आर्थिक    शुक्रबार, कार्तिक १ २०७६
4.7K
Shares
एकै गोठबाट दशैँमा भेडा र खसी बेचेर २० लाख आम्दानी
२०७६ कार्तिक १ गते, बेनी । दशैँका अवसरमा भेडा र खसी बिक्री गरेर यहाँका एक किसानले एकै महीनामा रु २० लाख बढी आम्दानी गरेका छन् ।

म्याग्दीको ऋखार क्षेत्रमा भेडापालन गर्नुभएका धवलागिरि गाउँपालिका–५ मल्कबाङका देवान (हिमबहादुर) छन्त्यालले १०० को हाराहारीमा भेडा र खसी बिक्री गरेका हुन् ।

व्यापारीले गोठमै पुगेर भेडा र खसी खरीद गरेको भेडापालक कृषक छन्त्यालले बताए । धवलागिरि हिमालको फेदी नजिक ऋखार क्षेत्रमा रहेको गोठबाट एकैपटक रु २० लाख बढीका भेडा र खसी बिक्री भएपछि आफू उत्साहित बनेको उनले बताए ।

दशैँका अवसरमा भेडा र खसीको व्यापार गर्नका लागि मल्कबाङ, कुइनेमङ्गलले, चिमखोलालगायतका ठाउँबाट व्यवसायी गोठमै पुगेका उनले जानकारी दिए।

गण्डकी प्रदेशमा रहेका ठूला भेडा फार्ममध्येमा पर्ने छन्त्यालको फार्ममा अझै ४०० बढी भेडा छन्। तिहारलाई लक्षित गरी १०० को सङ्ख्यामा भेडा र खसी बिक्री गर्ने तयारी गरेको उनको भनाइ छ।

वैदेशिक रोजगारीका क्रममा मलेसियाबाट फर्किएर उनले रु ६० लाख लगानीमा भेडापालन शुरु गरेका थिए।

अहिले कुईनेमङ्गलेको नयाँ वनमा रहेको भेडी गोठलाई मल्कबाङको मयाले हुँदै सिङ्कोस बगर लैजाने तयारी गरिएको उनले जानकारी दिए ।

हिउँदमा बेंसी झर्ने भेडीगोठ अहिले लेकमा छन्। छन्त्यालको भेडीगोठमा अहिले दुई जना गोठाला छन् । भेडीगोठको सुरक्षामा गोठालासँगै ‘भोटे कुकुर’ पनि राखिएका छन्। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij