२०८३ साउन ११ सोमबार

कुमारी बैंकको साधारणसभा असोज ११ मा बस्ने, सभामा के–के गर्दैछ प्रस्तावहरू ?

ई आर्थिक    बुधबार, भाद्र २५ २०७६
6K
Shares
कुमारी बैंकको साधारणसभा असोज ११ मा बस्ने, सभामा के–के गर्दैछ प्रस्तावहरू ?

ई–आर्थिक, काठमाडौं । कुमारी बैंकले आफ्नो वार्षिक साधारणसभा आगामी असोज ११ गते गर्ने भएको छ ।
बैंक सञ्चालक समितिको बैठक (संख्या ०६—०७६/७७ औं) ले आगामी असोज ११ गते बस्ने निर्णय गरेको हो ।
बैंकको साधारणसभा नक्सालको नक्साल बैंक्वेटमा बिहान ११ः३० बजे बस्ने बैंकले जानकारी दिएको छ ।

के–के छन् प्रस्तावहरु ?

क. सामान्य प्रस्ताव

१. उन्नाईसौं वार्षिक साधारण सभाको लागि सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने ।

२. लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व. २०७५/०७६ को वार्षिक आर्थिक विवरण (आषाढ मसान्त २०७६ को वासलात, आ.व. २०७५/०७६ को नाफा नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँड हिसाब, ईक्विटीमा भएको परिवर्तन लगायत वार्षिक आर्थिक विवरणसँग सम्बद्ध अनुसूचीहरु) उपर छलफल गरी पारित गर्ने ।

३. यस बैंकको सहायक कम्पनी कुमारी क्यापिटल लिमिटेडको आ.व. २०७५/०७६ को वित्तीय विवरण सहितको एकिकृत वित्तीय विवरण छलफल गरी पारित गर्ने ।
४. आ.व.२०७६/०७७ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने ।

ख. विशेष प्रस्ताव
१. सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आ.व. २०७५/०७६ को लागि चुक्ता पूँजीको १० (दश) प्रतिशत बोनश शेयर तथा बोनश शेयरको कर प्रयोजनार्थ नगद लाभांश ०.५२६५ (शुन्य दशमलव पाँच दुई छ प्रतिशत) नगद लाभाँश स्वीकृत गर्ने र सो अनुसार प्रबन्धपत्रको दफा ५ (ख) र (ग) संशोधन गर्ने र सो शंसोधनको क्रममा नियमन निकायवाट कुनै कुराहरु फेर बदल गर्न निर्देशन भएमा सो गर्न सञ्चालक समितिलाई अधिकार हस्तान्तरण गर्ने ।

२. बैंकले आ.व. २०७५/०७६ मा संस्थागत सामाजिक उत्तरदायित्व वहन गर्ने क्रममा आर्थिक सहायता प्रदान गर्दा कम्पनी ऐनको दफा १०५ (१) (ग) ले निर्धारण गरेको सीमा भन्दा बढी भएको खर्चलाई अनुमोदन गर्ने ।
ग. विविध ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij