ई–आर्थिक, काठमाडौं । शिक्षक सेवा आयोगले खुला प्रतियोगितात्मक परिक्षाद्वारा शिक्षक पदपूर्तिका लागि लिइएको परिक्षाको नतिजा धमाधम प्रकाशन गर्न थालेको छ ।
यही भदौ १९ गतेसम्म सुदर पश्चिमाञ्चलका सबै ९ जिल्लाको नतिजा सार्वजानिक गरिसकेको छ ।
आयोगले खुला तर्फ प्राथमिक तहको आछाम, डोटी, बाजुरा, बझाङ, कैलाली, कञ्चनपुर, डडेल्धुरा, दार्चुला र बैतडी जिल्लाको नतिजा प्रकाशित गरेको हो ।
आयोगले हरेक दिन बेलुका क्रमशः नतिजा प्रकाशित आएको जानकारी दिएको छ ।
नतिजा हेर्न www.tsc.gov.np मा गएर नतिजा फाइललाई डाउनलोड गरी हेर्न सकिने व्यवस्था शिक्षक सेवा आयोगले मिलाएको छ ।