२०८३ साउन ११ सोमबार

ऊर्जा दक्षतासम्बन्धी विधेयकमाथि छलफल तीव्र

ई आर्थिक    सोमबार, भाद्र ९ २०७६
5.4K
Shares
ऊर्जा दक्षतासम्बन्धी विधेयकमाथि छलफल तीव्र
काठमाडौँ । ‘ऊर्जा दक्षता तथा संरक्षण ऐन, २०७६’ माथि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सुझाव सङ्कलन तीव्र पारेको छ।

राष्ट्रिय ऊर्जा दक्षता रणनीति, २०७५ अनुसार मन्त्रिस्तरीय निर्णयबाट गठित कार्यदलले ऊर्जा दक्षता, ऊर्जा संरक्षण र सोको विस्तारका लागि छलफल तीव्र पारिएको मन्त्रालयले जनाएको छ।

ऊर्जाको किफायती र विवेकसम्मत् उपयोगमा जोड दिने, ऊर्जा दक्ष उपकरण, प्रविधि र प्रक्रियाको प्रयोगमार्फत ऊर्जाको बचत तथा पहुँच विस्तार गर्ने विधेयकमा जोड दिइएको छ।

मुलुकको आर्थिक समृद्धि र दिगो विकास हासिल गर्ने लक्ष्यले उक्त विधेयक तयार पारी छलफल शुरु गरिएको मन्त्रालयको भनाइ छ।
मन्त्रालयले यसअघि पोखरामा छलफल सम्पन्न गरिसकेको थियो भने विराटनगरमा आज छलफल सम्पन्न गरेको छ।

छलफलमा ऊर्जा दक्षताका विविध आयामका बारेमा मन्त्रालयका तर्फबाट अवधारणा प्रस्तुत गरिएको थियो । छलफलमा सरोकार भएकाहरूको सहभागिता रहेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij