२०८३ साउन ११ सोमबार

बालुवाटारस्थित सुविसु कार्यालयमा विशाल आगलागी, हजारौं सेवाग्राही प्रभावित हुने

ई आर्थिक    बुधबार, साउन २२ २०७६
6.5K
Shares
बालुवाटारस्थित सुविसु कार्यालयमा विशाल आगलागी, हजारौं सेवाग्राही प्रभावित हुने

ई–आर्थिक, काठमाडौं । इन्टरनेट र केवुल टेलिभिजन सेवा प्रदायक सेवा कम्पनी सुविसु केवुल नेटवर्कको कार्यालयमा विशाल आगलागी भएको छ ।

काठमाडौंको बालुवाटारमा रहेको उक्त कार्यालयमा आज बुधबार दिउँसो आगलागी भएको हो ।

सुविसुको मुख्य सर्भर रहेको भवनमा आगलागी भएपछि सुविसीको सम्पूर्ण सेवा अबरुद्ध हुने भएको छ ।

जेनेरेटरका लागि आवश्यक इन्धन भण्डारण गरेर राखेको ठाउँबाट आगलागी सुरु भएको प्राराम्भीक अनुमान छ । २ हजार लिटर पेट्रोल भण्डारण गरेको ठाउँबाट आगो सल्किएको प्रहरीले जानकारी दिएको छ ।

आगो निभाउन नेपाल प्रहरी, नेपाली सेना, जुद्ध वारुण यन्त्रका दमकलहरु प्रयोग गरेर आगलागी नियन्त्रणमा लिइएको छ । आगलागी नियन्त्रणमा लिन सजिलो होस भनेर सुविसु कार्यालय अगाडिको सडकमा सवारी आवागमनमा रोक लगाइएको थियो ।

करोडौंको पूर्वाधार जलेर नष्ट भए पनि कुनै मानविय क्षति नभएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij